कञ्चनपुर । गैर मधेशीले व्यक्तिले मधेशी कोटा खाएको भन्दै प्रशासनमा उजुरी परेको छ । काँग्रेस कञ्चनपुरका कार्यकर्ता राम सोगारथ ठाकुरले गैर मधेशीले व्यक्तिले मधेशी कोटा खाएको भन्दै प्रशासनमा उजुरी दिएका हुन ।

ठाकुरले आफ्नै नेता बेद प्रकास चौधरी बिरुद्धमा उजुरी दिएका छन । थारुले मधेशी हुँ भन्दै कोटा खाएकाले कार्बाहीको माग अघि सारेर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालाई उजुरी पत्र बुझाएका छन । तर, बेद प्रकास चौधरीले आफु जातले थारु भएपनि भूगोलका हिसाबले मधेशी नै भएको बताए । गत बर्ष काँग्रेसको १४औँ महाधिवेशनबाट ठाकुर चौधरीप्रति असन्तुष्ट रहेका छन ।

प्रतिक्रिया दिनुस