कञ्चनपुर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश बाजुराका प्रभावशाली नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । बाजुरामा ओली पक्षले पुराना एमाले नेता कार्यकर्तामाथि अन्याय गर्न थालेपछि धमाधम माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन ।

बाजुराका केही प्रभावशाली नेताहरुले एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम बिक्रम भाट(सरल)ले एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यद्वय एव बाजुराका नेताहरु मनलाल खत्री(मिलन), रामलाल कार्कीलाई माओवादी केन्द्रमा प्रवेस गरेको बताए ।

उनीहरुसंगै अन्य एमाले नेता कार्यकर्ताहरुले समेत माओवादी केन्द्र प्रवेस गरेका छन । एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेस गरेकालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वागत गरेका छन । एमाले परित्याग गरेर माओवादी प्रवेस गरेका नेताहरुले आगामी निर्वाचनमा एमालेले राजावादीसंग कार्यगत एकता गर्न लागेपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी प्रवेस गरेको जनाएका छन ।

प्रतिक्रिया दिनुस