अछाम भाद्र २१ ,खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका(७ जनाली स्थित पुछेडी खोलामा डुबेर १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईंको मृत्यु भएको हो।

शनिबार बिहान गाई गोरुको गोठालो गएका उनीहरू पौडीखेल्ने क्रममा डुबेका हुन्।पानीको खाल्डोबाट दुवैजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया दिनुस