कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र टिकट विवाद उत्कर्षमा पुगेको छ ।

एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको विषयलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको हो । प्रदेश तथा प्रतिनिधी सभा सदस्य तर्फ सिफारिस भएका एमाले नेता कार्यकर्ता भटाभट राजिनामादेखि स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन ।

टिकट वितरण गरेको दोस्रोदिनसम्म तीन जना नेताले राजिनामा दिदै पाटी परित्याग घोषणा गरेका छन । क्षेत्र नम्बर १बाट संघीय तर्फ सिफारिस भएका पुराना एमाले नेता खेम सुवेदीले राजिनामा दिएका छन ।

झण्डै चार दशकदेखि एमाले राजनीतिमा सकृय रहेका बेलौरी ८ पचुईका स्थानीय समेत रहेका सुवेदीले पाटी परित्याग गरेका छन । एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा अखिल नेपाल किसान महासंघ सुप प्रदेश संयोजक समेत रहेका सुवेदीले स्वतन्त्र भएर बस्ने गरि प्रदेश कमिटिलाई राजिनामा पत्र बुझाएका छन । विगत ०६४देखि यताका निर्वाचनमा सिफारिस हुने तर, अन्तिममा टिकट अन्यलाई दिदा सुवेदी निकट नेता कार्यकर्ताले पार्टीले घात गरेको बताएका छन । एमालेले क्षेत्र १बाट सुवेदी सहित बिर बहादुर थापा(पातल), तारालामा तामाङ्गलाई सिफारिस गरेको थियो । अन्तत तामाङ्गलाई संघ र थापालाई प्रदेशका टिकट दिएको छ । थापा समेत आफु सिफारिस भन्दा तल्लो तहमा गएर टिकट दिएको भन्दै रुष्ट देखिएका छन । क्षेत्र १मा एमाले सघ तर्फको टिकटको विषयलाई लिएर अवसरवादीलाई टिकट दिएको भन्दै असन्तुष्टी पोखिरहेका छन ।

एमाले क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका प्रदेश सभा सदस्यद्वय जयराज पाण्डे र टेक हमालले पार्टीले घात गरेको भन्दै राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन । कृष्णपुर, शुक्लाफाँटाका स्थानीयद्वय पाण्डे र हमालले टुरिष्ट नेतालाई टिकट दिएर आफुहरुको अपमान गरेको भन्दै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।क्षेत्र २बाट संघ तर्फ सिफारिस भएका एमाले युवा नेता बचन बहादुर सिहलाई पार्टीले २(क)मा टिकट दिएको छ । बेदकोट नगरका स्थानीय रहेका सिहलाई यता कृष्णपुर शुक्लाफाँटामा टिकट दिएको भन्दै उनीहरु रुष्ट देखिएका छन ।

क्षेत्र ३(क)मा एमालेले राप्रपालाई टिकट दिएको भन्दै एमाले नेता नन्दलाल चटौत रुष्ट देखिएका छन । ‘पार्टीले टिकट मेरो नाममा दियो, ‘उनले भने, ‘केही नेताले राप्रपालाई सो सिट दियो ।’ एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले राजावादी लिगेशी बोकेको र विचार नै नमिल्नेदलसंग चुनावी कार्यगत एकता नहुने भन्दै स्वतन्त्र उम्मेदवारी दिनेदेखि पार्टीकै आधिकारिक उम्मेदवारलाई टिकट दिलाईने बताए । उप सचिव चन्दले ३(क)मा राप्रपासंग एमालेका केही नेताले करोडौँमा टिकट बेचेको समेत आरोप लगाएका छन ।

एमाले कञ्चनपुरमा क्षेत्र ३(ख)बाट जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र २(ख)बाट केन्द्रीय सदस्य कृपाराम रानाको मात्रै एकल सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुस