कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
आईतबार उम्मेदवारी दर्ता कार्य तालिका अनुरुप कञ्चनपुरमा समेत प्रदेश र प्रतिनिधी गरी ८६ जनाले उम्मेदवारी दर्ता गराएका हुन । प्रतिनिधी सभा सदस्यका लागि ३१ र प्रदेश सभा सदस्यका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले तीन वटै निर्वाचन क्षेत्रमा प्रदेश र संघ तर्फ विभिन्न राजनीतिक दल एव स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएको बताए । संघ तर्फका ३ सिटका लागि ३१ र प्रदेशम ६ सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । क्षेत्र १मा संघ तर्फ ८, २मा १०, ३मा १३ जनाले उम्मेदवारी दिएका छन । प्रदेश सदस्य ६ सिटका लागि क्षेत्र १ मा १६ , क्षेत्र २ मा २० र क्षेत्र ३ मा १९ जनाले उम्मेदवारी दर्ता गरेका छन । सहायक निर्वाचन अधिकृत शर्माले उम्मेदवारको अन्तिम दर्ताका प्रकृयामा रहेको बताए । ‘केही उम्मेदवारको फाईल आईसकेको छ, ‘उनले भने, ‘उनीहरुको विषयमा फेरिफाई गरेर आयोगमा दर्ता गर्ने काम जारी छ ।’ काँग्रेस,एमाले, माओवादी र समाजवादीका तर्फबाट बागी र स्वतन्त्र उम्मेदवारको बढि परेका छन । अहिले उम्मेदवारी परेपनि अन्तिम भने फिर्तापछि मात्रै कति उम्मेदवार चुनावी मैदानमा जान्छन, एकिन हुनेछ ।

प्रतिक्रिया दिनुस