कैलाली, नेकपा क्रान्तिकारी ( माओवादी) पार्टीले  मंसिर ४ मा  हुन लागेको संसदिय प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब सशक्त बहिस्कार गर्न बहिस्कार अभियान सञ्चालन गरेको छ ।

नेकपा क्रान्तिकारी ( माओवादी)ले कैलाली जिल्लामा बिहिवार संसदिय निर्वाचन सशक्त बहिस्कार गरौँ भन्दै आन्दोलन तथा भन्डाफोर कार्यक्रम गरेको छ ।

बिहिवार संसदिय निर्वाचन बहिस्कार गरौँ भन्दै कैलालीमा निवार्चन बहिस्कारको बिरोध कार्यक्रम सम्पन्न गरिएको नेकपा क्रान्तिकारी ( माओवादी)का  केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेस सेक्रेटरी राम बहादुर चिन्तकले जानकारी दिनुभयो ।

बहिस्कारको आन्दोलन कार्यक्रमको सम्बोधन प्रमुख अतिथि नेकपा क्रान्तिकारी ( माओवादी) का स्थायि कमिटि सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रेम सुवेदीले गरेका छन ।

नेकपा क्रान्तिकारी ( माओवादी) का स्थायि कमिटि सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रेम सुवेदीले निर्वाचन बहिस्कार कार्यक्रमको सम्बोधन गर्दै नेपालमा संसदिय व्यवस्थाको औचित्य समाप्त भएको भन्दै संसदिय व्यवस्था खारेज हुनुपर्ने बताएका छन ।

संसदिय चुनाव भष्टचारी, दलाल, पुजिपति वर्गको हातमा पुगेको हुदाँ जनतालाइ करको भारी बोकाएर संसद पाल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । लोकतन्त्र र गणतन्त्रका नाममा केहि राजनितिक दलहरूले लुटतन्त्र , कमिसनखोर जनता ठक्ने तन्त्र चलाइ राखेको बताए । अव एक चोटी सबै नेपालीले देशको रक्षा र जनताको सम्वृद्धिका लागि गोलबन्द हुनुपर्ने बेला आएको बताए । नेपालमा जव सम्म जनवादी जनगणतन्त्र, आउदैन तव सम्म जनता ठगि रहने दलालहरू मोटाइ रहने बताए । एक चोटी आम नेपाली संसदिय चुनाव सशक्त ढङगले बहिस्कार गर्नु पर्ने बताए ।

निर्वाचन बहिस्कारको कार्यक्रममा नेकपा क्रान्तिकारी ( माओवादी) का केन्द्रय सदस्य डायमन्ड, केन्द्रिय सदस्य, हरि सुवेदी,केन्द्रिय सदस्य रूद्र कँडेल,नेकपा क्रान्तिकारी ( माओवादी) का केन्द्रय सदस्य तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा अखिल नेपाल क्रान्तिकारी किसन महासंघका केन्द्रिय सदस्य टंक कोइराला लगायत कैलालि जिल्ला सेक्रेटरी क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस