कञ्चनपुर । आगामी ४मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि कञ्चनपुरका चार नेता थप कार्बाहीमा परेका छन ।

जिल्लाबाट प्रदेहश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सिफारिस भएका तर, टिकट नपाएर अन्यायमा परेका चार जना थप पाटीबाट कार्बाहीमा परेका छन ।

०५१, ०६४, ०७०, ०७४ र ०७९मा सिफारिस भएका एमाले कञ्चनपुर क्षेत्र १का प्रभावशाली नेता खेम सुवेदी कार्बाहीमा परेका छन । अहिले पनि प्रतिनिधी सभा तर्फ सिफारिस भएपनि सुवेदीलाई टिकट नदिएपछि सुवेदीले पाटी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

क्षेत्र १(क)बाट सिफारिस भएका भक्त बहादुर अधिकारी, क्षेत्र १(ख)बाट सिफारिस भएका टेक साउद र क्षेत्र २(क)बाट सिफारिस भएका टेक हमाल टिकट नपाएपछि स्वतन्त्र रुपमा चुनावमा होमिएका थिए । चारै जनाले यस अघि नै पाटी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनीहरुलाई पार्टीका आधिकारिक उम्मेदवार बिरुद्धमा बागी दिएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशले कार्बाही गरेको छ । एमाले सुप प्रदेश सचिव धर्मराज जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा पाटी सदस्य समेत नरहनेगरी कार्बाही गरिएको जनाएको छ । एमाले चारै जना नेताहरुले पार्टीले महा अन्याय गरेको भन्दै पाटी नै परित्याग गरेर स्वतन्त्र उम्मेदवार भएको अवस्थामा एमालेबाट कार्बाही भन्दै जनतामा भ्रम छरेर चोखिने कार्य निन्दनिय भएको बताएका छन । एमालेका चारै जना स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा जुटेका छन । चारै एमाले नेताहरुले एमालेकै मत काट्ने स्वयम एमाले नेताहरुले बताएका छन । यस अघि क्षेत्र ३(क)बाट कर्ण बहादुर चन्द र १(क)बाट स्थिर प्रशाद घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन । एमाले कञ्चनपुर क्षेत्र ३(क), २(ख) बाहेक अन्य क्षेत्रमा टिकट विवादले एमाले नेता कार्यकर्ताविच विवाद विद्यमान रहेको छ । त्यसको असर चुनावमा देखिने छ ।

प्रतिक्रिया दिनुस