कञ्चनपुर । कञ्चनपुर क्षेत्र ३(क) मा नेकपा एकीकृत समाजवादीले चुनावी प्रचारप्रसार शुरु गरेको छ । सोमबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीबाट चुनावी प्रचारप्रसार शुरु गरेको हो । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपसचिव राजेन्द्र पाण्डेयले समाजवादी चुनावी प्रचारप्रसारमा होमिएको बताए ।

उपसचिव पाण्डेले चुनावी अभियान संचालन भएको बताए । समाजवादीले चुनावी अभियान बारे आयोजित पत्रकार सम्मेलनमा उपसचिव पाण्डेले गठबन्धन दलबाट समाजवादीले दावि गरे बमोजिम २(ख) र ३(क)मा उम्मेदवार अघि सारेर चुनावी अभियानमा होमिएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले केन्द्रमा भएको सहमती अनुरुप संघ तर्फ क्षेत्र १ मगर, २ साउद र ३ लेखकलाई जिताउनका लागि प्रचारप्रसार गर्ने बताए । समाजवादी कञ्चनपुरका सचिव धामीले क्षेत्र ३(क) र २(ख)मा मात्रै समाजवादीले प्रदेशमा उम्मेदवारी दिए अनुरुप प्रचारप्रसार शुरु गरिएको बताए ।

सचिव धामीले ६ कार्तिक धनगढीमा गठबन्धन दलको बस्ने बैठकबाट को उम्मेदवार ब्याक हुने विषयमा एकीन हुने बताउँदै अहिलेसम्म मित्रवत हिसाबले चुनावमा होमिने सहमती भएको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो, ‘उनले भने, ‘सचिव धामीले भने, ‘प्रतिगमन र संविधान मास्ने बिरुद्धमा हामीले गठबन्धन गरेका हौँ ।’

समाजवादीका केन्द्रीय सदस्य तथा क्षेत्र ३(क) प्रदेश सभाका उम्मेदवार प्रकास रावलले केन्द्रमा भएको सहमती अनुरुप कञ्चनपुरमा समेत सत्ताधारीबाट समाजवादीलाई सिट नपाईएको बताए । रावलले चारदलविच गठबन्धन भएको अवस्थामा र कञ्चनपुरमा निर्वाचन परिचालन मुल कमिटि गठन गरेर चुनावमा होमिएको बताए ।

‘पहिलो दिन बेदकोट नगरपालिका ८ गैलनदीबाट अभियान संचलन गरिएको छ , ‘उनले भने, ‘अब अभियान निरन्तर हुन्छ ।’ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास रावलले आफु मन्त्री भएका बेला क्षेत्रको विकासका लागि थुप्रै योजना अघि बढेको बताए ।

उनले कृषिको आधुनिकिकरणदेखि थुप्रै क्षेत्र, घाँडीघाँच विकास नभएको क्षेत्रमा समेत विकास गरिएको बताए । आफु मन्त्री भएका बेला क्षेत्रको एकीकृत दिगो विकास र सम्बृद्धिका लागि थुप्रै योजना अघि बढाएको बताउँदै उनले पुन जनताको चाहना अनुरुप चुनावीमा होमिएको बताए । कार्यक्रममा समाजवादीका केन्द्रीय सल्लाहकार परिष्द सदस्य गणेश धामीले समाजवादीको अभियान अब निरन्तर चल्ने नरोकिने बताए ।

प्रतिक्रिया दिनुस