नेकपा( क्रान्तिकारी माओवादी) पार्टी सुदुरपश्चि प्रदेशले संसदीय निर्वाचन बहिस्कार अभियान कैलाली जिल्लाबाट शुरू गरेेको निर्वाचन बहिस्कार अभियानको टोली डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका जोगबुढा पुगेको छ ।
निर्वाचन बहिस्कार अभियान आइतवार पर्शुराम नगरपालिकाको जोगबुढामा निर्वाचन बहिस्कार कार्यक्रम सम्पन्न भएको नेकपा क्रान्तकारी माओवादीका सुदुरपश्चिम प्रदेस सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभभो ।
निर्वाचन बहिस्कारको अभियान टोली पर्शुराम नगरपालिका पुगेर जोगबुढामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कारको कार्यक्रम गरेर जनतालाइ निर्वाचन बहिस्कार गर्न अपिल गरेका छन ।
नेकपा क्रान्तिकारी माओवादीको अभियान टोलीले संसदीय व्यवस्था जनता लुटिखाने नेता मोटाउने व्यवस्था भएकाले मंसिर ४ को निर्वाचनमा भोट माग्न आएका लाइ लखेट्न र निर्वाचनमा सहभागि नहुन जनतालाइ अपिल गरेका छन ।
निर्वाचन बहिस्कार अभियानमा नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायि कमिटि सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रेम सुवेदी, केन्द्रिय सदस्य हरि सुवेदी, केन्द्रिय सदस्य डायमन्ड,केन्द्रिय सदस्य रूद्र कँडेल, केन्द्रिय सदस्य लालकिरण , केन्द्रिय सदस्य तथा प्रदेश सेक्रेटरी राम बहादुर महरा, देजमो केन्द्रिय सदस्य तथा सुदुरपश्चिम अध्यक्ष बिष्णु राम दमाइ , अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य टंक कोइराला,नेकपा क्रान्तिकारी माओवादी डडेल्धुरा सेक्रेटरी धरातल, जिल्ला पार्टीका नेता कार्यकर्ताहरूको सहभागिता रहेको प्रदेश सेक्रेटरी महराले जानकारी दिनुभयो ।
उक्त निर्वाचन बहिस्कार कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा सुप सह इन्चार्ज हरि सुबेदिले बर्तमान राज्य सत्ता र ब्यबस्थापले नेपाली जनताको र रास्ट्रको हित गर्न नसक्ने भएकोले उक्त मंसिर ४ को संसदीय चुनाव तिनै पुराना भ्रष्ट नेतालाई पुनः भ्रष्टचार गर भनेर लाईसेन्स नवीकरण गराउने मिति भएको र यस्ता फटाहा नेतालाई मंसिर ४जनताले लखेटनुपर्ने बताउनु भयो ।
त्यस्तै सुवेदीले नेकपा क्रान्तिकारी माओवादी पार्टी अहिले पनि वर्गसंघर्षमा रहेकोले जनताले साथ दिए राज्यको ढुकुटि खाएर मोटाएका दलाललाई कार्बाही गर्न पछि नपर्ने र क्रान्तिको सहि बाटो हाम्रो पार्टी संग रहेकोले जनताको माया र साथ चाहिएकोले एक चोटी सबैले क्रान्तिकारी माओदालीको एजेन्डामा सहयोग गर्नुपर्ने वेला आएको बताउनुभयो ।