धनगढी, कार्तिक,२ । धनगढीमा पुर्चौडी समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । “रक्तदान नै जीवन दान” भन्ने उदेश्यका साथमा कार्तिक ५ गते रक्तदान कार्यक्रम गर्ने भएको हो ।
रक्तदान कार्यक्रम सारथी अस्पताल धनगढीको प्राङ्गणमा विहान ८ बजेदेखि सुरु हुने पुचौडी समाज कैलालीका अध्यक्ष बेदप्रकाश जोशीले जानकारी दिएका छन् । रक्तदान कार्यक्रममा उल्लेखीय सहभागीता रहने समाजका अध्यक्ष जोशीले बताए । रक्तदान महादान भएकोले सो कार्यक्रमा सहभागी हुन समाजका सल्लाहकार कर्णबहादुर कुँवरले अनुरोध गरेका छन् । सामाजिक कार्य गर्ने उदेश्यले कैलालीको धनगढी र कंञ्चनपुर पुचौडी समाज क्रियाशिल रहेको छ
प्रतिक्रिया दिनुस