कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कञ्चनपुर क्षेत्र २ का जनतासंग भेटघाट छलफलमा जुटेका छन । निर्वाचन क्षेत्र क्षेत्र १का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय एनपी साउद, ओम विक्रम भाट(सरल) कृष्णपुरका जनतासंग निरन्तर सम्बाद, छलफल, भेटघाट एव अन्तरकृयामा जुटेका छन ।

बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका युवा नेता सिके भट्टले क्षेत्र २मा बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी तर्फका उम्मेदवार एनपी साउद र प्रदेशका उम्मेवार ओम विक्रम भाट(सरल)ले निरन्तर जनतासंग छलफल गरिरहेको बताए ।

‘हाम्रा उम्मेदवारद्वय साउद र भाटले जनतासंग मत माग्नुका साथै जनताका गुनासो, सुझाव एव अपेक्षा संकलन गरिरहेका छन, ‘उनले भने, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसग जनता खुलेरै सम्बादमा जुटेका छन ।’

एकहोरो भाषणबाजी नभर्ई जनताका पनि कुरा सुनेर सो क्षेत्रको विकासका लागि उम्मेदवारहरुले अहिलेदेखि नै योजना बनाईरहेका छन । साढे तीन बर्ष एमाले नेतृत्वको सरकारले केही गर्न नसकेको र अहिले बाम लोकतान्त्रिक सरकार छ, केही गरेन भन्दै एमालेका मान्छेहरुले जनता उस्काईरहेको भन्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले भ्रम समेत चिरिरहेको नेता भट्टले बताए ।

उनले मुलुकको आवश्यकता अनुरुप बाम लोकतान्त्रिक गठबन्धन बनेकाले सोही अनुरुप बाम लोकतान्त्रिका उम्मेदवारले जनतालाई बुझाईरहेका छन ।

प्रतिक्रिया दिनुस