कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको गाँउबस्तीमा टोलभेला अभियान निरन्तर जारी रहेको छ । क्षेत्र २(क) प्रादेशिक निर्वाचन क्षेत्र कृष्णपुर नगरपालिका क्षेत्रका विभिन्न गाँउबस्तीमा टोलभेला अभियान निरन्तर जारी रहेको हो ।
नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति एव बाम लोकतान्त्रिक गठबन्धनका नेता मिन बहादुर सिहले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा तर्फ एनपी साउद, प्रदेश सभाका उम्मेदवार ओम विक्रम भाट(सरल) सहितका गठबन्धनका नेता कार्यकर्ताहरुले कृष्णपुर नगरपालिका २, ३का विभिन्न बस्ती गाँउघरमा टोल भेला गरेको बताए ।
उनका अनुसार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय साउद, भाटले संविधानको रक्षाका साथै क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि प्रतिबद्धता जाहेर गरेका छन । नेकपा माओवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव बाम लोकतान्त्रिक गठबन्धनका नेता सिके भट्टले क्षर््ोत्र २ मा निरन्तर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको चुनावी अभियान जारी रहेको बताए । बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा जनताको साथ सर्मथन पाईएपछि विपक्षीले राजनीतिक संस्कार भुलेर व्यक्तिगत लान्छानामा उत्रिएको भन्दै बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले राजनीतिक रुपमा पराजित विछिप्ता आएको टिप्पणी गरेका छन ।
प्रतिक्रिया दिनुस