
कञ्चनपुर । नेपाली काँग्रेसका नेता एव पुर्वमन्त्री रमेश लेखकले संविधान भत्काउने र जोगाउने शक्ति विचको लडाई स्वरुप निर्वाचत भएको बताएका छन । शुक्रबार महेन्द्रनगरमा अपि सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको तिहार छठ, नेपाल सम्वत शुभकामना आदान प्रदान कार्यक्रममा नेता लेखकले संविधान भत्काउने र जोगाउने शक्ति विचको लडाई भएको बताएका हुन ।
‘संविधान जोगाउने शक्ति काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा सहितका शक्ति एक ठाँउमा छन, ‘लेखकले भने, ‘संविधान भत्काउने नेतृत्व एमालेले गरेको छ ।’ संविधान भत्काउने पाटीका मान्छेले जिते यो संविधान भत्काएर जाने र विगत जनयुद्ध भन्दा भयानक अवस्था सृजना हुने भएकाले प्रतिगमन रोक्नका लागि गठबन्धन गरिएको बताए । नेता लेखकले काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई मत हाल्नका लागि बिना हिचकिचाहट मत दिन आब्हान गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनमा कुनै पनि उम्मेदवार पराजित भए उक्त गठबन्धनमा आबद्ध पाटी नै पराजित भएकाले एक ढिक्का भएर संविधान जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा अहोरात्र खटिदै जानुपर्नेमा जोडदिए ।
कार्यक्रममा नेकपा माओवादी नेता एव बाम लोकतानित्रक गठबन्धन क्षेत्र ३(क)का उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले मुलुकको आवश्यकता अनुरुप अहिलेको गठबन्धन निर्माण भएको बताए । माओवादी, काँग्रेस सहितको एक गठबन्धन र राजावादी, एमाले सहितको अर्को गठनबन्धन भएको बताए ।
सत्ताधारी गठबन्धन लोकतान्त्रिक मुल्य मान्यता अनुरुप परिर्वतनकारी शक्तिको रुपमा लिएपनि राप्रपा राजवादीसंगै रहेको कम्युनिष्ट एमाले शक्तिले मुलुकमा राजतन्त्र रहितको संविधान भएकाले दुई पटक भत्काएर राजतन्त्रको चाहना अनुरुप काम गर्न चाहेको टिप्पणी गर्दै संविधानको रक्षाका लागि बाम लोकतान्त्रिकका उम्मेदवार जिताउनुको विकल्प नभएको बताएका छन ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    