दार्चुला, कार्तिक ११ । दार्चुलाको व्याँस गाउँपालिकामा २ को थीइ भन्ने ठाउँमा भारतमा निर्माण भइरहेको सडकको भिरको ढुङ्गामा वारूद बलाष्ट गर्ने क्रममा नेपाल तर्फको बाटोमा हिड्दै गरेको एक बालकलाई ढुङ्गाको छर्रा लागेर मृत्यु भएको छ ।
बाटोमा हिड्दै गरेका व्याँस गाउँपालिकामा – २ का १० बर्षिया बालक पवन महराको मृत्यु भएको हो ।
भारतले मानशरोवर सम्म जाने सडक निर्माण गर्दै आएको सडक बनाउने क्रममा भिरको ढुङ्गा बलास्टर गर्ने क्रममा ढुङ्गा हुत्तिएर नेपाल तर्फ आउँदा बाटोमा हिड्दै गरेका बालक पवन महराको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजेश शाही जानकारी दिनुभयो ।
मृतक बालकको सव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागेको सूचना अधिकारी राजेश शाहीले बताए । व्याँस गाउँपालिका- २ का १० बर्षिया बालक पवन महराको मृत्यु भए पछि व्याँसका स्थानिय शोकमा परेका छन ।
नेपाल सरकारले कालापानी ,लिपुलेक ,लिम्पिया धुरा सहितको नक्सा जारी गरेपनि भारतले नेपाली भुभाग कब्जा गर्न भारत र अतिक्रमण नेपाली भुमिमा तिब्र गतिमा सडक निर्माण गर्दै आएको छ ।