कञ्चनपुर । बेलौरी नगरपालिका १ स्थित मटैया चोकलाई गठबन्धन चोक नामाकरण गरिएको छ ।

आइतबार आयोजित सत्तारुढ ५ दलिय लोकतान्त्रिक बाम गठबन्धनको भेलाले उक्त चोकको नाम गठबन्धन चोक राखिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।

लोकतन्त्रको रक्षा दिगो र स्थायित्वका लागि निर्माण भएको लोकतान्त्रिक बाम गठबन्धनको भेलाले बेलौरी नगरपालिका १ स्थित मटैया चोकलाई गठबन्धन चोक नामाकरण गरिएको नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

पुनाराम चौधरीको अध्यक्षतामा आयोजित भेलाले उक्त चोकलाई गठबन्धन चोक नामाकरण गरिएको हो ।

प्रतिक्रिया दिनुस