कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरले पार्टीका आधिकारिक उम्मेदवार बिरुद्धमा बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई कार्बाही गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवार बिरुद्धमा चुनावमै मुखमा पार्टी परिर्वतन गरेर र स्वतन्त्र उम्मेदवारी दिएका, तिनका सर्मथन, प्रस्तावलाई कार्बाही गरेको हो । बागी उम्मेदवारी दिएका र तिनका सर्मथक प्रस्तावलाई कार्बाही गरेको हो । काँग्रेस कञ्चनपुरले सोमबार एक प्रेस विज्ञप्ती जारी थर्दै २६ असोजको निर्णय अनुसार पार्टीका आधिकारिक उम्मेदवार र काँग्रेसले सर्मथन गरेका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरुद्धमा उम्मेदवारी दिने उम्मेदवार सर्मथक र प्रस्तावलाई नेपाली काँग्रेसको विधान परिच्छेद ९को धारा ३४को १(घ) बमोजिम साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको छ । जिल्ला अनुशासन समितिका संयोजक नाफुसिह साउदद्वारा हस्ताक्षरित विज्ञप्तीमा १५ जना नेता कार्यकर्तालाई साधारण सदस्य नरहनेदेखि पार्टीबाट निष्कासित गरिएका छन ।

क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यको स्वतन्त्र उम्मेदवारी दिएका जगत सायर, क्षेत्र २बाट हाम्रो नेपाल पाटीबाट उम्मेदवारी दिएका जगदिश अवस्थी, विपी काँग्रेसबाट बिर बहादुर बोहरा, क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिपक बहादुर सिह, शारदा चन्द, मदन दमाई, हाम्रो नेपाली पाटीबाट उम्मेदवारी दिएका दुर्गादत्त पाण्डेय, विपी काँग्रेसबाट क्षेत्र २(ख) प्रदेश सभा सदस्य नारायण बोहरा, ३(क) पिताम्बर जोशी, गोपाल सिह बुढापाल र ३(ख) विपी काँग्रेसबाट धन बहादुर शाही सहित सर्मथक प्रस्तावक गिरीराज पाण्डेय, दिल्लीराज पनेरु, सुरेन्द्र सुनार, सञ्जित सिह राना सहितलाई कार्बाही गरेको हो । स्वतन्त्र तथा अन्य पाटीबाट उम्मेदवारी दिएका केही उम्मेदवारले आफुहरुले पहिल्यै काँग्रेस परित्याग गरेको बताएका छन । क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्य शारदा चन्द र ३(क) पिताम्बर जोशीले आफुहरुले पहिल्यै पार्टी परित्याग गरेको बताउँदै आएका छन । काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले चुनावकै बेला बागी, पाटी परित्याग गरेर अन्यपाटीबाट उम्मेदवार बन्ने सच्चा काँग्रेस हुन नसक्ने र अन्तरघाती भएकाले अनुशासनको कार्बाही र सदाका लागि कार्बाही गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस