कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) अन्र्तरगत बेलौरी नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन । सोमबार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले सोमबार बेलौरी नगरपालिकामा घरदैलो गरेका हुन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १ प्रतिनिधी सभा सदस्य बिना मगर र १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले बेलौरी नगरालिका ३, ४ र ५ मा घरदैलो गरेका हुन ।
घरदैलो कार्यक्रममा प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री बिना मगर र संविधान सभा सदस्य एव प्रदेश सभा सदस्य ३(क) का उम्मेदवार दिवान सिह विष्टले संविधानको रक्षाका साथै क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन ।
घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय मगर, विष्ट सहितका नेता कार्यकर्ताह?को सहभागिता रहेको छ । उम्मेदवारहले बेलौरीमा एजेन्डाहरु १ अन्तर्गत बेलौरी, पुनर्वास नगरपालिका, लाल झाडी, बेलडाडीको समग्र विकास जस्तै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने ।
नेपाल र भारत बीच रहेको सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका सहित बाकी रहेका सडक पूर्वाधारका आयोजनाहरुको अघि बढाउने प्रण गरेका छन ।