महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले राजीपुरमा खोलेको सम्पर्क कार्यालय हटाउन काँग्रेस कार्यकर्ताले दबाव दिएका छन् । स्वतन्त्र उम्मेदवार सिहले शुक्रबार बिहान राजीपुरमा सम्पर्क कार्यालय खोलेको केही समयपछि काँग्रेस कार्यकर्ताले हटाउन दबाव दिएका हुन् ।

उनीहरुले सम्पर्क कार्यालय खोलिएका घरधनीलाई कार्यालय हटाउन दबाव दिएका छन् । काँग्रेसको १४ र्औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएका सिह अहिले पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा आएका छन् । उनले निर्वाचन क्षेत्रमा चुनाव प्रचारका लागि सम्पर्क कार्यालय खोलि रहेका छन् ।

काँग्रेस कार्यकर्ताले यस अघि पनि सम्पर्क कार्यालय हटाउन दाव र धम्की दिएका छन् । ‘कार्यालय नखोल्न, फोटो फेसबुकमा नहाल्नु, डिलिट गर्न धाक धम्की आएको छ, कहीं सम्पर्क कार्यालय खोल्नु धम्की खाएको छ’ उनले भने,‘यसमा काँग्रेस कार्यकर्ता मात्रै होइन, उम्मेदवार रमेश लेखक आफैं पनि लागेका छन् ।’ रमेश लेखकको निर्देशनमा काँग्रेस कार्यकर्ताले आफ्ना समर्थकलाई धाक धम्की दिएको उनले बताए । ‘चुनाव प्रचारमा यतिसम्मको व्यवहार राम्रो होइन’ उनले भने,‘सबैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्न पाउन पर्छ ।’ चुनाव प्रचारमा अनावश्यक दबाव दिए कानुनी उपचार खोजिने उनले बताएका छन् । ‘काँंग्रेसले यस्ता अराजनीतिक गतिविधि तत्काल रोक्नुपर्छ,’ उनले भने, ‘फेरी त्यस्ता गतिविधि गरेमा कानूनी उपचार खोज्छौं।’

प्रतिक्रिया दिनुस