कञ्चनपुर । कञ्चनपुर भन्सार नजिकै सशस्त्र प्रहरीको बिओपी रहेको छ । उक्त बिओपीमा कार्यरत सशस्त्र प्रहरीले भारतबाट माछा ल्याएर महेन्द्रनगरका स्थानीय भरत मल्लसंग घुस मागेसंगै माछा नष्ट गरिदिएपछि लफडा मच्चिएको छ । भरत मल्लले घरमा खानकालागि नेपालबाटै ३ किलो माछा ल्याएको बताउँदै सशस्त्र प्रहरीले भारतबाट माछा ल्याएको भन्दै सशस्त्र प्रहरी निरीक्षक गणेश भट्टको आदेशमा बरामद गरिएको बताए ।

सशस्त्र प्रहरी बिओपी गड्डाचौकीका इन्चार्ज भट्टकै निर्देशनमा माछा बरामद गरियो, माछा बरामद गरेपछि २सय रुपैया मागेको मल्लले संचारकर्मी ऐश्वर्या कुँवरसंग बताए । भन्सार र सशस्त्र प्रहरीले मिलोमतोमा अवैध समान भित्र्राउन तर, किसानले खानका लागि लगेको ३किलो माछा समेत बरामद गरेर नष्ट गर्ने भन्दै भन्सारमा मल्ल सहितका स्थानीयले बिरोध गरेका छन । स्थानीयले घुस खान पल्केका भन्सार र सशस्त्र प्रहरीले स्थानीयबाट समेत घुस मागेको बताएका छन ।

यस बारेमा सशस्त्र प्रहरी गड्डाचौकीका इन्चार्ज गणेश भट्टसंग बुझ्न खोज्दा फोन उठाएनन । बिओपी गड्डाचौकी भन्सार घुसकाण्डमा बेलाबेलामा विवादमा तानिदै आएको छ । सशस्त्र प्रहरीको भन्सार राजस्व चुहावट रोक्ने जिम्मा भएपनि तस्कर समुहसंग मिलोमतो भएकाले गड्डाचौकी भन्सारको टाँट पल्टिएको स्थानीयको भनाई छ । हुनत गड्डाचौकी भन्सारबाटै आएका लाखौँ करोडौँका समान महेन्द्रनगरमा पुगेर नेपाल प्रहरीले बरामद गरेर भन्सार बुझाउने घटनाक्रममले समेत सीमा र भन्सार क्षेत्रमा रहेको सशस्त्र प्रहरी र भन्सारकै मिलोमतोमा तस्करीको समान भित्रिने समेत कतिपयतले यो तथ्यबाट समेत एकिन गरेका छन ।

प्रतिक्रिया दिनुस