कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २बा लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउदले गरेका बाँचा पूरा गर्न नसके पाँच वर्षपछि मत माग्न नआउने बताएका छन ।

आइतबार कृष्णपुर नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै उनले दुई वटा सडक निर्माण गर्ने संकल्प गरेकाले पूरा गर्न नसकेमा फेरी मत माग्न नआउने बताएका हुन ।

उनले ढैयाँ चौराह–गजरौला–शान्तिपुर हुँदै पचटक्की सडक र बेलकुण्डी–वनदेवी– जोरायल बस्ती हुँदै डोकेबजारसम्म सडक पुगाउने बताए। ‘यो गराउन सकेन भने तपाईको माझमा आउँदैन, यी दुई सडक पुरा गर्ने संकल्प गरेको छु, यो पूरा गर्छु, गर्छु, गर्छु,’ उनले भने, ‘रैकवारबिचुवामा बाटोघाटो थिएन, पुल थिएन, बिजुली थिएन, तटबन्ध थिएन, ती सबै काम हामीले गरेका हौँ ।’ कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले सविधानको रक्षा र क्षेत्रको विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि अपिल गरेका छन ।

प्रतिक्रिया दिनुस