नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले जिल्लाको विभिन्न ठाउँहरुमा संसदीय चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र पारेको छ ।
आइतवार देखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर लगायत अन्य नगरपालिका गाउँपालिकाकाे विभिन्न ठाउँहरुमा संसदीय चुनाब अवज्ञा कार्यक्रमको पाेस्टर टास्दै पर्चा बितरण गर्दै जनताहरुलाई भोट नहाल्न आह्वान गरेको छ।
मंसिर ४ को चुनावले चोर,फटाहा,दलाल, डाँकाहरु मात्र फेरिरहन्छन् सत्ता फरिदैन् त्यसैले मंसिर ४ मा हुने संघ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण आम जनता समुदायले अवज्ञा गरौं ! भोट नहालौँ। वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ ! स्वाधीन संयुक्त सरकारका लागि संघर्ष गरौँ ! जस्ता बिषय लिएर नेकपा (बहुमत) कञ्चनपुरले जनताहरु भोट नहाल्न आह्वान गरिरहेको छ ।
कञ्चनपुरमा मंसिर ४ को निर्वाचनको अवज्ञा प्रचार प्रसार तिव्र रुपमा अगाडि बढिरहेको नेकपा बहुमतका कञ्चनपुर जिल्ला पार्टी कार्यलय सचिव दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।