कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा पुर्व एमालेका तीन नेता अहिले फरक फरक दलबाट चुनावमा होमिएका छन । पुर्व एमालेमा लामो समयदेखि काम गरेका तीन नेता एमाले पाटी परित्याग गर्दै अहिले भिन्न दल र स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन ।

झण्डै तीन दशक एमालेमा काम गरेर नेकपा समाजवादीमा प्रवेस गरेको बर्षदिनमै समाजवादी पनि परित्याग गरेर स्वतन्त्र भएर क्षेत्र ३(ख)मा उम्मेदवार लोक विक्रम थापाले एमालेका नेता कार्यकर्ता आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै आएका छन ।

१८ कार्तिकमा एमाले पाटी अध्यक्ष केपी शर्मा ओलीले खुला मञ्चमा आयोजित चुनावी सभा कार्यक्रममा समेत गएका थापाले एमाले नेता कार्यकर्ताहरुलाई मत मागिरहेका थिए । सोही दिन आयोजित पत्रकार सम्मेलनमा आफु पुर्व एमाले नेता र लामो समयदेखि एमालेमै काम गरेकाले आफ्ना पुर्व सहकर्मीले साथ दिने खुलेरै घोषणा गरेका छन ।

यस्तै एमालेमा लामो समय काम गरेका नेता प्रकास रावल अहिले नेकपा एकीकृत समाजवादीबाट क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन । गत बर्ष एमाले फुट्दा रावल समाजवादीतिरै लागेका थिए । एमालेमा लामो समय काम गरेकाले रावललाई पनि एमालेका अधिकाँस नेता कार्यकर्ताहरुले मत दिने नेताहरुको दावि छ ।

एमाले पुर्व नेता कृष्ण लुहार निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार भएका छन । उनले पनि एमाले परित्याग गरेर पुर्व पत्रकार रवि लामिछाने नेतृत्वको स्वतन्त्र पाटीबाट उम्मेदवार भएका छन । क्षेत्र ३ मा एमालेको उम्मेदवार छैन ।

एमालेले राप्रपासंग चुनावी गठबन्धन गरेर राप्रपाका धर्मराज जोशीलाई उम्मेदवार बनाएको छ । ‘कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)मा एमालेको चुनाव चिन्ह समेत हुदैन, ‘एक एमाले नेताले भने, ‘अब पुर्व एमालेका दुई नेता प्रदेश र १ संघमा उठेका छन, ‘कसलाई मत जान्छ, थाहा छैन ।’

एमालेको उम्मेदवार नभएको अवस्थामा पुर्व सहकर्मी र एमालेका लामो समय काम गरेका एव प्रदेशको आर्थिक मामिलामन्त्री हुँदा क्षेत्रको विकास गरेका नाताले एमालेका अधिकाँस नेता कार्यकर्ता, शुभचिन्तकको साथ रावलमाथि जाने चियाचोक चौतारमा चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुस