माओवादी केन्द्रको नेतृत्वमा सुदूरपश्चिमको प्रदेश सरकार हुने तर बिकास निर्माणका योजना अरुले मैले ल्याए भनेर जनतामा भ्रम छर्नु गलत भएको नेपाल सरकारकी पुर्व मन्त्री तथा कञ्चनपुर १ बाट लोकतान्त्रिक बाम गठबन्धनकी प्रतिनिधिसभा सदस्य बिना मगरले बताइन ।
बिहीबार पुनर्वासको परासन गाउँमा आयोजित चुनावी अभियान घरदैलोका क्रममा माओवादी केन्द्रकी नेतृ बिना मगरले भनिन् – मेरो आग्रहमा प्रदेशका मुख्यमन्त्ले रीकञ्चनपुर १ मा अवलोकन गराइ यहाँका सडक , पुल पुलेसाहरुमा बजेट हालिएको हो ।
तर अहिले केहिले मैले यो बिकास निर्माणका काम गरेँ भनेर जनतामा भ्रम छरिएको छ । उनले भनिन् -अहिले मैले योजना ल्याए भनेर जनतामा भ्रम फैलाउनु झुट हो । सुदूरपश्चिममा माओवादी , समाजवादी र नेपाली काँग्रेसले सरकार चलाउने एमालेका ब्यक्तिले बजेट ल्याए भन्नू कसरी सम्भव छ ?
कञ्चनपुर १ मा लोकतान्त्रिक बाम गठबन्धन बाट प्रतिनिधिसभा सदस्य पद कि साझा उम्मेदवार रहेकी माओवादी नेतृ बिना मगरले भनिन् राष्ट्रियता , अग्रगमन र समृद्ध नेपाल निर्माणको पक्षमा गठबन्धन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेतृ मगरले भनिन् -राजनैतिक स्थायित्व जबसम्म हुन्न तबसम्म बिकास सम्भव नहुने भएकाले अग्रगामी राजनैतिक शक्तिहरु बिच गठबन्धन गरिएको हो । निर्वाचनमा अग्रगामी शक्तिहरु बिजयी नभए बिकास सम्भव नहुने उनले बताइन् ।