कञ्चनपुर । निर्वाचनमा शिक्षक खटाउने कार्य अत्यन्तै भद्रगोल, शिक्षकमाथि अपमान भएको भन्दै कञ्चनपुरका शिक्षकले भत्र्सना गरेका छन । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले कञ्चनपुरमा शिक्षक खटाउने विषयमा शिक्षकको मानमर्दन हुने गरी खटाएको भन्दै शिक्षकले बिरोध गरेका छन ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले जिल्लाका तीनै निर्वाचन क्षेत्रमा खटाएका शिक्षकमाथि चरम विभेद गरिएको बताए । ‘निजामती तर्फका नासु तथा पाचौँ तहका कर्मचारीलाई सहायक मतदान अधिकृत तोकिएको छ, ‘उनले भने, ‘निमावि, तृतिय, द्वितिय र प्रथम श्रेणीका शिक्षकलाई सहायक कर्मचारीको जिम्मेबारी दिईएको छ, यो विभेदकारी छ ।’

नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले निर्वाचन आयोगले शिक्षकप्रति अत्यन्तै पूर्वाग्रही दृष्ट्रिकोण राखेर शिक्षक खटाएको भन्दै सच्याउनुपर्ने बताए । ‘निर्वाचनमा शिक्षकको श्रेणी मार्यादा एव तहको ख्याल नै नगरेर आयोगले शिक्षकलाई खटाउने कार्य निन्दनिय छ, ‘उनले भने, ‘यो सच्याउनुपर्छ ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका बरिष्ठ उपाध्याय गोबिन्द ढाँटले शिक्षक खटाउने विषयमा निर्वाचन आयोग चुकेको बताउँदै खटाएका शिक्षकमाथि समेत अपमान भएको बताए । ‘आयोगले पहुँच र आफन्त नातावादका आधारमा शिक्षकलाई अपमान हुने गरी खटाएको छ, ‘उनले भने, ‘आयोगको निर्णय सच्याउनुपर्छ ।’ नेपाल शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष मदन विष्टले शिक्षकमाथि गरिएको विभेदपुर्ण कार्य सच्याउनका लागि आयोगको ध्यानाकर्षण गराउने बताए ।

प्रतिक्रिया दिनुस