कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवक संगठनको भेला सम्पन्न भएको छ । शुक्रबार पाटी कार्यालय महेन्द्रनगरमा युवक संगठनको भेला सम्पन्न भएको हो । राप्रपा निकट युवक संगठन कञ्चनपुरका अध्यक्ष कमलेस सिहले आशन्न चुनावका लागि राप्रपाका उम्मेदवार जिताउन र समानुपातिक मत बृद्धि गर्नका लागि भेला गरिएको बताए ।
‘हामीले जिल्लाभरीका युवालाई राप्रपाका पक्षमा खटिन निर्देशन जारी गरेका छौँ, ‘अध्यक्ष सिहले भने, ‘नेता ज्यूहरुबाट समेत सोही अनुरुप निर्देशन जारी भएको छ ।’ राप्रपाका केन्द्रीय सह प्रवक्ता पुर्ण बहादुर चन्दले मुलुक संकटमा परेकाले राप्रपाका पक्षमा गाँउ गाँउमा गएर मत माग्न निर्देशन दिएका छन ।
राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पटक पटक अरुलाई हेरे यस पटक राप्रपालाई हेर्नका लागि समेत युवाहरुलाई अहोरात्र खटिन निर्देशन दिनुभयो । ‘अहिले हिजोका केही कुखुरा चोर नेता भएका छन, ‘अध्यक्ष चन्दले भने, ‘देशमा यस्तो अवस्थामा आएको छ ।’
कम्युनिष्ट र काँग्रेसले समेत सरकारको नेतृत्व गर्दा निर्मला हत्याकाण्ड उस्तै रहेको उनको भनाई छ । राप्रपा क्षेत्र ३(क)का संयोजक कमल चन्दले राप्रपाका उम्मेदवार सहित नेता कार्यकर्ता जिताउन आब्हान गरे । राप्रपा महिला नेतृ हेलेन श्रेष्ठले जिल्लाभरी चुनावमा राप्रपाका उम्मेदवार सहित नेता कार्यकर्ता खटिएको बताए ।
राप्रपा निकट युवक संगठन कञ्चनपुरका अध्यक्ष कमलेस सिहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपा सह प्रवक्ता पुर्ण बहादुर चन्द, जिल्ला अध्यक्ष गजेन्द्र चन्द, क्षेत्र ३(क)का संयोजक कमल चन्द, महिला नेतृ हेलेन श्रेष्ठ सहितका युवक संघ संगठनका नेता कार्यकर्ता सहभागि रहेका थिए ।