महेन्द्रनगर । नेकपा विप्लव कञ्चनपुरका नेताहरुले नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा विप्लव नेतृत्वको विद्यार्थी संगठन एवं अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भरत विक र उपाध्यक्ष अनिल घरेडीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको भीमदत्त–११ मा भएको चुनावी घरदैलो कार्यक्रममा नेकपा विप्लव नेतृत्वको पार्टीका नेताहरुले नेपाली कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस नेता रमेश लेखकले पार्टीमा स्वागत गर्दै साधारण सदस्यता प्रदान गरेका छन् ।

अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विकले पछिल्लो अवस्थामा शुसाशनको राजनीतिका लागि धार परिवर्तन गरेको बताए ।

प्रतिक्रिया दिनुस