कञ्चनपुर ।

बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २(क) कृष्णपुर र शुक्लाफाँटा नगरका गाँउ गाँउमा चुनावी प्रचारप्रसार कार्यक्रम तिव्र पारेको छ । शुक्रबार पनि शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका विभिन्न गाँउबस्ती टोलमा भेला एव चुनावी सभा गरेको छ ।

बाम लोकतान्त्रिक गठबन्धनका नेता मख्खन दहितले बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २का प्रतिनिधी सभा सदस्य एनपी साउद सहित गठबन्धनका नेता कार्यकर्ताले चुनावी सभा एव प्रचारप्रसार तिव्र पारिएको बताए । उनका अनुसार शुक्लाफाँटाको अमरपुर, कृष्णपुरको गजरौला सहितका गाँउबस्तीमा आयोजित कोण सभामा जनताको ब्यापक साथसर्मथन पाईएको छ । चुनावी सभामा संघका उम्मेदवार एनपी साउद, प्रदेशका उम्मेदवार ओम विक्रम भाट(सरल)ले संविधानको रक्षा एव क्षेत्रको विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस