कञ्चनपुर । पुनर्वास नगरपालिका कर्मचारी शकर बोगटी एमालेको प्रचारप्रसार गरिरहेका छन । पुनर्वास नगरका योजना अधिकृत समेत रहेका बोगटीले आफ्नो पदिय दायित्व गरिमा लत्याउँदै एमालेको पं्रचारप्रसार गरिरहेका छन ।

निर्वाचन आचार संहिता बिरुद्धमा योजना अधिकृत बोगटीले एमाले उम्मेदवार तारालामा तामाङ्गले समाजिक सञ्जाल मार्फत प्रचारमा उत्रिएपछि अन्य दलले उनलाई कर्मचारी हौ, की एमालेको कार्यकर्ता भन्दै प्रशन गरेर निर्वाचन आयोग गुहारिरहेका छन । बोगटीले पुनर्वास ५को मदन टोल हुँदै भोजराज सर चोक, पुजारा चोक, पशुपति चोक हुँदै अरनिको बस्तीसम्मको प्रदेशको कालोपत्रे योजना पुन शुरु भएको भन्दै पुर्व आर्थिक मामिलामन्त्री तारालामा तामाङ्गलाई धन्यवाद दिएका छन ।

यस साथै ‘एउटा र एक पटकको भोटले ५ बर्ष निर्धारण गर्छ भने गयको ५ बर्गा सही मुल्याङकन गरी आगामी ५ बर्गाको निर्धारण गरौँ भन्दै, नेता होईन सेवक छानौ भन्दै मतदाता प्रभावित गरेको भन्दै अन्य दलले उनी बिरुद्धमा आयोग गुहारेका छन । यसरी पालिका कर्मचारीले आचार संहिता विपरित एमालेको पक्षमा गुणगान गाँउदा समेत निर्वाचन आयोगले मौनता देखे नदेखे जस्तो गरेर पन्छिएको छ । एमाले बाहेक अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले यसरी खुलेयाम जनप्रतिनिधी कुनै एक पार्टी र उम्मेदवारका लागि मत माग्दा समेत निर्वाचन आयोग मौन देखिएको भन्दै भत्र्सना गरेका छन । ‘यो निर्वाचन आयोगले फरक दलका जस्तै काँग्रेस, माओवादी र समाजवादीका प्रमुख नेता एव तिनका अन्य नेता कार्यकर्ताले आचारसंहिता उलङघन गरेको आशकाकै भरमा चिठी पठाउन बेर लगाउँदैन, ‘लालझाडी बाम गठबन्धनका नेता हर्क रानाले भने, ‘यस्तो एमाले र अध्यक्ष ओलीले आचार संहिता उलङघन गरेको देख्दैन, देखेपनि नदेखेजस्तो गर्छ, यो आयोगको नेतृत्व एमाले कार्यकर्ता हो, कि आयुक्त हुन ?’

प्रतिक्रिया दिनुस