कञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगर ९का वडाध्यक्ष भानुभक्त जोशीले आफु माओवादीकै रहेको स्पष्ट पारेका छन । शनिरबार एक प्रेस विज्ञप्ती ज्ञारी गर्दै माओवादी वडाध्यक्ष जोशीले आफु माओवादीकै रहेको स्पष्ट पारेका हुन ।

जोशीले आफ्नो फेसबुक ह्याक गरेर दुष्प्रचार गरेको भन्दै भत्र्सना जाहेर गरेका छन । केही माओवादी आन्दोलन बिरोधी तत्व समुहले विभिन्न सचार माध्यममा समेत हचुवाको भरमा माओवादी र बाम लोकतान्त्रिक गठबन्धन बदनाम गराउन कपोकल्पित समाचार प्रकासित गरेकोप्रति समेत जोशीले दुख व्यक्त गरेका छन । माओवादी केन्द्र भीनपा ९का वडाध्यक्ष जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघमा रमेश लेखक ३(क) टेकेन्द्र प्रशाद भट्टलाईं बहुमतले जिताउन खटिने प्रतिबद्धता जोहर गरेका छन ।

प्रतिक्रिया दिनुस