कञ्चनपुर । मुलुक पञ्चायती व्यवस्था, एकात्मक राजतन्त्रात्मक शासन प्रणाली बहुदलीय व्यवस्थाहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुगेको छ । गणतन्त्र प्राप्तीका लागि बहुदलिय व्यवस्था पछि जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनबाट नयाँ संविधान निर्माण भएको छ । ३ असोज ०७२ मा बनेको नयाँ संविधानमा सबै जातजाती, समुदाय एव क्षेत्रका लागि समावेसी संविधान निर्माण भयो । कैलाली–कञ्चनपुर सहित तराईका जिल्लाहरुमा आदिमकालदेखि बस्दै आएका राना,चौधरी समुदायको समेत हक अधिकार संविधानले प्रदान गरेको छ ।
थारु समुदायको हक अधिकारका लागि राजनीतिक दलले आ–आफ्नो ठाँउमा योगदान पु¥याएकै पाईन्छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले सहितका राजनीतिक दले थारु समुदायको राजनीतिक हक अधिकारका लागि पहल गरेको पाईन्छ । सबैभन्दा बढि संघर्ष, त्याग र बलिदान माओवादीबाट भएको ईतिहासले बताउँछ । १० बर्षे जनयुद्धका बेलामा समेत थारु समुदायको राजनीतिक, समाजिक हक अधिकारका लागि माओवादीको भूमिका ऐतिहासिक रहेको थारु अभियन्ता नै बताउँछन । दोस्रो जनआन्दोलनयता ५ निर्वाचन भए १ आशन्न ४ मंसिरमा हुदैछ । २ पटक स्थानीय तह , २ पटक संविधान सभा सदस्य र २ पटक प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन भएका छन ।
६ पटकको निर्वाचन र राजनीतिक दलले थारु समुदायलाई रानीतिक मुल धारमा ल्याउनका लागि पाटीको नेतृत्व एव राजनीतिक जिम्मेबारीको नेतृत्वमा पु¥याएका छन । ०६४ मा सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रले १ बाट पुरन राना र २ बाट देवीलाल चौधरीलाई अघि सारेर संविधान सभा सदस्यमा पु¥याए । ०७० मा २ बाट अमिन दहितलाई उम्मेदवार अघि सारे । सोही बर्ष बेदकोट नगरकी मुक्त कमैया समुदायकी महिला दुर्गा दुना(चौधरी)लाई समानुपातिक संसद बनाए ।
०७४ असारमा सम्पन्न भएको पहिलो स्थानीय तह निर्वाचनमा बेलौरीमा पोतिलाल चौधरी, लालझाडीमा मदन बडायक, कृष्णपुरमा जोगराज चौधरीलाई अघि सारे । कृष्णपुरमा निर्वाचन माओवादीले जितेन् । ०७९ बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा माओवादीले फेरी बेलौरी पोतिलाल चौधरी, लालझाडी मदन बडायक, कृष्णपुरमा जोगराज चौधरी, पुनर्वास उपप्रमुख धोखे रानालाई अघि सारे । जसमध्ये बेलौरी मात्रै जिते । यस्तै वडा सदस्य, महिला एव वडाध्यक्ष थुप्रै जनप्रतिनिधी थारु समुदायबाट अघि सारेको छ ।
माओवादी पार्टी कञ्चनपुरको नेतृत्व देवीलाल चौधरी, अमिन दहित, विविस्ता दहित सहित थुप्रै राना थारुले गरिसकेका छन । अहिले पनि माओवादीले थारु समुदायबाट समानुपातिक उम्मेदवार पनि अघि सारेको छ । दिपा चौधरी, फुल्न रानालाई अघि सारेका छन । नेपाली काँग्रेसले समेत ०६४मा सम्पन्न भएको पहिलो संविधान सभामा क्षेत्र १बाट अमर सिह राना, ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कृष्णपुरमा श्यामलाल रानालाई समानुपातिक उम्मेदवार बनाएर प्रदेश सभामा पठाए ।
०७४ असारमा सम्पन्न भएको अधिकाँस वडाहरुमा काँग्रेसबाट राना चौधरी नै जितेका छन । ०७९ बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कृष्णपुुरबाट उपप्रमुख द्रोपती राना, पुनर्वासबाट उपप्रमुख भुलिया राना, लालझाडीबाट प्रमुख श्रीकृष्ण राना राधा राना, बेलडाँडीबाट प्रमुख हरिशचन्द्र रानालाई अघि सारेको छ । जसमध्ये लालझाडीका प्रमुख र उपप्रमुख मात्रै पराजित भए अरु सबै जितेका छन । भुलिया राना र राधा रानालाई ०७४ मा पनि अघि सारेको थियो । काँग्रेस कञ्चनपुरको उप सभापतिको नेतृत्व गरिसकेका बन्धु रानालाई क्षेत्र १(क)का प्रदेश सभाका लागि अघि सारेको छ ।
अहिले पनि काँग्रेसले झेली राना, गिता चौधरीलाई समानुपातिक उम्मेदवार अघि सारेको छ । यसका साथै काँग्रेसले पार्टी जिल्ला नेतृत्व दोस्रो मेनमा यस अघि बन्धु राना र अहिले उप सभापति हरिशचन्द्र रानालाई अघि सारेको छ । पार्टीका थुप्रै तहमा थारु समुदायबाट काँग्रेस र माओवादीमा नेतृत्व एव जिम्मेबार पदाधिकारीमा कार्यरत छन । दोस्रो जनआन्दोलन यता ६ पटकमा भएका निर्वाचनदेखि पार्टीका जिम्मेबारीमा डेढ दशक अर्थात १५ बर्षको अवधिमा काँग्रेस–माओवादीले थुप्रै थारु समुदायबाट नेतृत्व अघि सारेको छ ।
यसरी थारु समुदायलाई राजनीतिक रुपमा अघि बढाउनका लागि अहिले बनेको काँग्रेस माओवादी सहितका सत्ता गठबन्धनमा थारु समुदायको समेत आकर्षण बढेको छ । आशन्न निर्वाचनका बेला सत्ता गठबन्धनमाथि केही राजनीतिक दल तिनका उम्मेदवार एव अन्य स्वतन्त्र नाममा बागी समुदायका उम्मेदवारले सत्ता गठबन्धन बिरुद्धमा कहिले पनि काँग्रेस, माओवादीले थारुलाई जिम्मेबारी नदिएको भन्दै प्रपोगाण्डा दुष्प्रचारमा उत्रिएपछि कञ्चनपुरका थारु समुदायका अगुवाले ईतिहास अध्ययन गर्नका लागि अनुरोध गरेका छन ।
आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा जिल्लामा राना, चौधरी, डगौरा थारु समुदाय यसो भन्छन । भीमदत्त नगरपालिका १९बाँगफाटाका पदम चौधरीले सत्ता गठबन्धन दल काँग्रेस, माओवादी बिरुद्ध केही दल समुहले थारुका लागि के ग¥यो भन्नेहरुलाई ईतिहास अध्ययन गर्न र तपाईका पार्टीले के ग¥यो भन्दै प्रशन गरेका छन । ‘हाम्रै वडाबाट माओवादीले थारुको छोरोलाई अघि सारेको छ, ‘उनले भने, ‘माओवादीले थारुका लागि बलिदान गरेकै उपज थारुका छोरा सत्तामा छन ।’
बेदकोट नगरपालिका ५ धरमपुरका जनक चौधरीले सत्ताधारी गठबन्धनले थारुका लागि के ग¥यो भन्ने उदाहरण कामजस्तै छरर्पष्ट भएको बताए । उनले ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा यही हाम्रै वडाबाट मुक्त कमैया महिला दुर्गा खुनालाई संसदमा पठायो, ‘उनले भने, ‘माओवादीका थारु नेता अरु पनि थिए, तर दुर्गालाई नै किन ?, उनी महिला थारु संघर्षशिल महिला भएकाले उनलाई माओवादीले राजकीय सत्तामा पुगायो ।’ अहिले तिनै दुर्गा माओवादीको गुन भुलेर एमालेतिर लागेकी छिन ।
शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीकी पशुपति चौधरीले माओवादीले थारु समुदायका लागि के ग¥यो भन्ने उदाहरण यस वडा स्थानीय नेतृत्व सरकारबाटै प्रष्ट हुने बताउँछन । ‘यो वडाबाट जनयुद्धमा साहदत प्राप्त गर्ने पनि थुप्रै छन, ‘उनले भने, ‘माओवादीले अघि सारेका नरेन्द्र चौधरीलाई जनताले पत्याएर ०७४ र ०७९ मा दुई दुई पटक वडा सत्ताको नेतृत्वमा पु¥याएको छ ।’ माओवादी बिरुद्धमा अहिले केही जातिवादी नाममा राजनीतिमा उत्रिएका समुहले अनेकन भ्रम सृजना गरिरहेको भन्दै सजक हुन आब्हान गरेको छन ।
कृष्णपुर नगरपालिका ६का रमेश चौधरीले दुई दुई पटक माओवादीले यही वडाबाट समाजसेवी समेत रहेका जोगराज चौधरीलाई नगर सरकारको नेतृत्वका लागि अघि सारेको बताए । उनले यस अघि कृष्णपुर यही वडाबाटै देवीलाल चौधरीलाई ०६४मा संविधान सभाको जिम्मेबारी र ०७०मा अमिन दहितलाई संविधान सभाको जिम्मेबारीमा पु¥याउन प्रयास गरेको बताए । ‘अहिले केही थारुका नाममा पहाडी समुदायबाट नेतृत्व र अधिकाँस पदाधिकारी पहाडी नै भएको अमुख अमुख पाटीको नामबाट थारु बस्तीमा थारुको अधिकारका लागि भन्दै गईरहेका छन, ‘उनले भने, ‘अहिलेको युगमा जातिवादी समुह सलबलाईरहेका छन, त्यस्ता समुहबाट बाँच्नुपर्छ ।
माओवादीले यस अघि र अहिले पनि वडामा थुप्रै थारु समुदायबाट नेतृत्व अघि सारेको थियो । कृष्णपुर नगरपालिका ७ कलुवापुरका गणेश रानाले थारु समुदायको उन्मुक्ति गर्ने पाटी काँग्रेस नै भएको बताए । ‘हाम्रै वडाबाट अहिले नगरको उपप्रमुखमा द्रोपती रानाले नेतृत्व गरिरहेकी छिन, ‘उनले भने, ‘यस अघि पनि यस पालिकाबाट प्रदेश सभामा श्याम लाल चौधरी अहिले गिता चौधरी, झेली रानालाई अघि सारेको छ ।’ विपक्षी दल समुह केही थारुका नामा आएका नयाँ दल समुहले काँग्रेस र गठबन्धन बिरुद्धमा भ्रम सृजना गरिरहेको भन्दै उनले काँग्रेसको ईतिहास अध्ययन गर्न आब्हान गरेका छन ।
लालझाडी गाँउपालिका १ बिनबारीमा प्रकास रानाले यस पालिकामा माओवादी, काँग्रेस र एमालेले थारु समुदायबाटै नेतृत्व अघि सारेको बताए । ‘यस पालिकामा ०७४मा माओवादीले अघि सारेका मदन बडायकले एक कार्यकाल चलाएर अहिले एमालेबाट निर्मल रानाले चलाईरहेका छन, ‘उनले भने, ‘गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि काँग्रेस, माओवादी, एमालेबाट राना चौधरी समुदायकै उम्मेदवार थिए ।’
उनले केही थारु बिरोधी समुहले थारुका नाममा पाटी खोलेर अहिले भिजलान्ते रुपमा मत माग्न आईरहेका छन । पुनर्वास नगरपालिका ८मोतियाफाँटाका कमल रानाले काँग्रेस, माओवादीको १५ बर्षको ईतिहास हेर्दा दुवै पार्टीले राना थारु समुदायबाट नै राजनीतिक एव राजकीय नेतृत्वमा अघि सारेको पाईएको बताए । ‘यही वडाबाट अहिले बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(क)का उम्मेदवार बन्धु राना यस अघि काँग्रेस जिल्लाकै उपसभापति हुन, ‘उनले अहिले तीनै निर्वतमान पाटीका उपसभापतिलाई काँग्रेसले प्रदेश सभामा पठाएको छ ।’
यस पालिकाबाट माओवादीले ०७४ र ०७९ मा वडा पालिकामा थारु नेतृत्व लिएको उनले बताए । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले उपप्रमुखमा धोखे राना अहिले प्रदेश सभामा फुल्न राना र काँग्रेसले ०७४ र ०७९मा नगर उपप्रमुख भुलिया रानालाई अघि सारेको बताए । ‘के यो थारुको उन्मुक्ति होईन, ‘उनले भने, ‘थारुको भलो अन्य दल समुहबाट होईन काँग्रेस माओवादीबाटै भएको देखियो ।’
बेलौरी नगरपालिका ५ रामनगरका गगन चौधरीले माओवादीले यही वडा निवासी पोतिलाल चौधरीलाई दुई दुई पटक नगर प्रमुखमा अघि सारेको र जनताले पत्याएर उनलाई नगरकै जिम्मेबारी दिएको बताए । ‘यस वडाबाट नगर प्रमुख, वडाअध्यक्षमा माओवादीले दुवै पटक थारु समुदायबाट पठायो, अन्य वडाहरुबाट समेत पठाएको छ, ‘उनले भने, ‘माओवादीले थारुको उन्मुक्ति अबसर नदिएको भन्नले ०७४ र ०७९मा माओवादीले अघि सारेका उम्मेदवार हेर्दा हुन्छ ।’
बेलौरी नगरपालिका ९रतनपुरका महेन्द्र रानाले काँग्रेसले यही वडाबाट थारु समुदायका किसान रानालाई अघि सारेर। वडाको नेतृत्व दिलाएको बताए । ‘हाम्रो वडा र बेलौरी नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनले पालिका र वडामा थुप्रै राना थारु समुदायबाट अघि सारेकोछ, ‘उनले भने, ‘थारु समुदायको भलो गर्ने माओवादी–काँग्रेस नै हुन ।’ बेलडाँडी गाँउपालिका ५ ईमलियामा सुरेन्द्र रानाले यस पालिकामा काँग्रेसले यही वडाका स्थानीय हरिशचन्द्र रानालाई अघि सारेको बताए ।
‘काँग्रेसले हाम्रै वडा निवासी राना थारु समुदायका अगुवा हरिशचन्द्र रानालाई गत बर्ष पार्टीको उपसभापतिको जिम्मेबारी यस बर्ष बेलडाँडी सरकार प्रमुख बनायो, ‘उनले भने, ‘काँग्रेसले हामी उत्पिडित राना समुदायको उत्थान गरेको छ ।’ बेलडाँडी गाँउपालिका ३वैवाहमा महेन्द्र चौधरीले बेलडाँडीमा काँग्रेस, माओवादी र एमालेबाट जनप्रतिनिधी सारेको बताउँछन । ‘जति थारुका लागि माओवादीले बलिदान ग¥यो, काँग्रेसले संघर्ष त्यति कसैले गरेन, ‘उनले भने, ‘हाम्रो भलो गर्ने ‘माओवादी–काँग्रेस’ पाटी नै हुन, हामी एक ढिक्का भएर गठबन्धन जिताउँछौँ ।’
जनयुद्ध, दोस्रो जनआन्दोलनकै उपज आज राना थारु समुदाय सत्तामा आईरहेको उनको भनाई छ । सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलका थारु अगुवा नेताहरुले समेत आम राना थारु समुदायको उत्थानका लागि सत्ता गठबन्धन भित्र रहेका माओवादी, काँग्रेस, समाजवादी, जनमोर्चाले अथक भूमिका निर्वाह गरेको बताउँछन । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका थारु अगुवा नेता जनक चौधरीले थारु समुदायको राजनीतिक, समाजिक हक अधिकार सत्ता गठबन्धनले पहिलेदेखि गर्दै आएको र अहिले पनि गर्ने बताएका छन ।
‘सत्ता गठबन्धनबाट मात्रै थारु समुदायलाई राजनीतिक नेतृत्वमा ल्याउने काम गरेको छ, ‘उनले भने, ‘अहिले पनि आशा गर्न सकिन्छ ।’ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अगुवा सुरेश रानाले सत्ता गठबन्धनबाट मात्रै थारु समुदायको साँस्कृतिक समाजिक, राजनीतिक एव प्रशासनिक हक अधिकार दिलाउने काम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता बिश्राम रानाले सत्ता गठबन्धनले पहिलेदेखि नै रानाथारु समुदायको उत्थानका लागि संघर्ष, भूमिका निर्वाह गरेको बताए ।
‘राजनीतिक नेतृत्व र राजकीय जिम्मेबारीमा काँग्रेस–माओवादीबाट थुप्रै राना थारु समुदायलाई जिम्मेबारी दिएको पाएका छौँ, ‘अहिले पनि पाउँछौँ ।’ केही खराब मान्छेहरु अहिले थारु समुदायमाथि ब्लाकमेल गर्दै मत मागिरहेको भन्दै त्यस्ताको पहिचान गरेर अघि बढ्नुपर्ने बताउँछन । ‘हाम्रो समुदायको भलो गर्ने जो पाटी छन, उनीहरुलाई हामीले साथ दिनुपर्छ, दिदै आएका पनि छौँ, ‘उनले भने, ‘अझैपनि दिन्छौँ, जिल्लाभरी बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन हामी रानाथारु एकमत छौँ ।’
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता अमर चौधरीले वर्तमान व्यवस्था ल्याउनका लागि माओवादीको संघर्षकै उपज आज थारु समुदाय शासन सत्तामा आएको बताए । ‘यो व्यवस्था ल्याउन जति माओवादीले सघर्ष ग¥यो, काँग्रेसको पनि साथ सर्मथन रह्यो, ‘उनले भने, ‘१२बुँदे सहमतीदेखि संविधान निर्माणसम्मका सबै प्रकृयामा दुवै दल एक ठाँउमा आए, संविधान बन्यो, संविधान जोगाउन अब हामीले फेरीपनि बाम लोकतान्त्रिक गठबन्धन जिताउँनुपर्छ ।’
संविधान र संविधानमा उल्लेख भएका व्यवस्था बमोजिम थारु समुदायको उत्थान भएको बताउदै उनले जिल्लाभरीका थारु समुदाय आफ्नो अधिकारबारे सजक रहेको विश्वास व्यक्त गरे । ‘ओलीले त यो संविधान नै असफल बनाउन दुई दुई पटक संसद भङ गरिदिए, ‘उनले भने, ‘संविधान जोगाउन बाम लोकतान्त्रिक गठबन्धन भएको छ, यो हाम्रो समुदायका लागि सुखद विषय हो ।’ उनले कुनै थारुका नाममा मत माग्ने आउने अमुख पाटी, व्यक्तिमाथि विश्वास नगरी सिङ्गो थारु समुदायको हक, हितका लागि बाम लोकतान्त्रिक गठबन्धनलाई साथ सर्मथन दिन आब्हान गरेका छन ।