कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका १५ राजनीतिक दल, तिनका उम्मेदवार एव बागी÷स्वतन्त्र गरेर ८० उम्मेदवार चुनावी मैदानमा होमिएका छन । बिहीबार राती १२ बजेदेखि दल र उम्मेदवारले चुनाव प्रचार प्रसार एव चुनावी गतिबिधी गर्न पाउँने छैनन् ।
आजै रातीदेखि मौन अवधि शुरु हुने भएको छ । राजनीतिक दलले हरेक बर्ष उनै एजेण्डा लिएर जनतामा गएका छन । अधिल्लो पटक एमाले नेतृत्वको बाम गठबन्धनले दुई तिहाईको सरकार भन्दै साढे तीन बर्षमै दुई पटक संसद विघटनदेखि ढल्यो, अहिले केही कम्युनिष्ट पाटी र काँग्रेसविच लोकतान्त्रिक बाम गठबन्धन भएको छ । एमालेले कञ्चनपुर क्षेत्र ३ सहितका विभिन्न स्थानमा गठबन्धन गरेको छ, भने सत्ताधारी (काँग्रेस,माओवादी) सहितका सत्ता घटकले जिल्लाका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गरेका छन । उम्मेदवार सामु जनताका पनि फरक फरक धारणा, गुनासा माग सुझाव छन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई दुई पटक संसद विघटन गरेपनि एमाले स्वयम दल फुटेर नयाँ पाटी नेकपा एकीकृत समाजवादी बन्यो, त्यसपछि माओवादी सहितका अन्य घटक दल र काँग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएका छन । कञ्चनपुरका जनताले उतिबेला बाम गठबन्धन हेरेको र अहिले लोकतान्त्रिक बाम गठबन्धन हेर्ने आवाज सार्वजनिक गरिरहेका छन ।
दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोजका बृद्ध पदम गुरुङ्गले उतिबेला सबै बाम एकै ठाँउ भन्नेहरुलाई मत दिएर खेर गएको बताए । ‘बाम बाम मिलेर देश बचाउँछ भनेको त, सत्तामा जाने ओलीले दुई दुई जनताको मतको नाङगो उलङघन गर्र्दै संमावेसी संविधान नै असफल बनाउन खोजे, ‘उनले भने, ‘यस पटक लोकतान्त्रिक बाम गठबन्धनलाई सघाउँछौँ ।’ भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका रवी लुहारले देशैभरी लोकतान्त्रिक बाम गठबन्धनले लहर चलिरहेको बताउदै यस पटक लोकतान्त्रिक बाम गठबन्धनलाई हेर्ने बताए । ‘अधिल्लो पटक हामीले ओलीलाई दुई तिहाई मत दिए, केही गरेनन, गफ र कमेडिमै साढे तीन बर्ष विताए, ‘उनले भने, ‘अहिले गफाडीलाई होईन काम गर्नेेलाई मत जान्छ ।’ बेदकोट नगरपालिका ९नयाँ गाँउका रदिप पालले समेत ओली नेतृत्वको सरकारबाट जनताले अपेक्षा अनुरुप काम भन्दा पनि ओली नेतृत्वको सरकारका संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन बार्किनिङ्ग गरेको आरोप आउँदा समेत ओलीले भ्रष्टाचारीलाई कार्बाहीको साटो काखी च्यापेर भ्रष्टाचरालाई साथ दिएको भन्दै यस पटक लोकतान्त्रिक बाम गठबन्धनलाई साथ दिने बताए । शुक्लाफाँटा नगरपालिका ३पिपलाडीका गणेश चौधरीले देशैभरी लोकतान्त्रिक बाम गठबन्धनको माहोल अनुरुप कञ्चनपुरमा समेत त्यस्तै भएको बताए । ‘हामी गरिबका लागि जो जितेपनि केही भएन, ‘उनले भने, ‘अहिलेले राजनीतिक समिकरण अनुरुप अघि बढ्छौँ ।’ कृष्णपुर नगरपालिका ५गुलरियाकी पार्वती चौधरीले एमाले जिताएर गाँउमा कहिल्यै नफर्किएको गुनासो गर्दै लोकतान्त्रिक बामतिरै जाने बताए । लालझाडी ४ जाईका प्रकासजङ्ग रानाले देशैभरी बाम लोकतान्त्रिक गठबन्धनको माहोल बढिरहेकाले र बिना मगरले यस अघि जित्दा क्षेत्रको विकास गरेको यस पटक पनि बिना मगरको टिमलाई साथ दिने बताए । पुनर्वास नगरपालिका ९ विचफाँटामा गगन सुनारले देश अनुरुप आफुहरुपनि लोकतान्त्रिक गठबन्धनकै पक्षमा जाने बताए । बेलौरी नगरपालिका १ रमेश शाहीले सिङ्गो देशैभरी लोकतान्त्रिक गठबन्धनकै माहोल भएकाले हार्नेलाई किन ?मत दिने जित्नेतिरै जाने बताए ।
बेलडाँडी गाँउपालिका ३वैवाहकी सरीता चौधरीले पनि बामतिरै साथ दिने बताईन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १, २ र ३का प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्वमन्त्री त्रय बिना मगर, एनपी साउद, रमेश लेखक र प्रदेश सभा तर्फ तर्फ १(क) बन्धु राना, १(ख) दिवान सिह विष्ट, २(क) ओम विक्रम भाट(सरल), २(ख) बहादुर सिह थापा, २(क) र ३(क) टेकेन्द्र प्रशाद भट्ट र ३(ख) बेल बहादुर राना(मगर)ले संविधान जोगाउन, व्यवस्था जोगाउन, स्थानीय दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने संकल्प गरिरहेका छन । गाँउ गाँउ मतदाताका घरदैलोमा पुगेर उनीहरुले यस पटक जिताए आरक्षपीडितको समस्या समाधादेखि भैतिक पूर्वाधार आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति एव बाम लोकतान्त्रिक गठबन्धनका नेता मिन बहादुर सिहले गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अनुरुप पनि जिल्लाभरी लोकतान्त्रिक बाम गठबन्धन दोब्बर बलियो रहेको बताए । ‘हामी उस्तै पनि दोब्बर बढि बलिया छौँ, ‘उनले भने, ‘जित भईसक्यो, तर कतिले हुन्छ, भन्ने विषय मात्रै हो ।’ नेकपा माओवादी केन्द्रका नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता लोकेन्द्र लम्सालले कञ्चनपुरका सबै सिट सहजै जितिने बताए । ‘जनता हामै्रै गठबन्धनमा उर्लिएर आएका छन, ‘उनले भने, ‘भारी मत फराकिलोका साथ जित्छौँ ।’ कञ्चनपुरका एक बुद्धिजिवीले देशैभरीको जनताको अपेक्षा चाहना पनि लोकतान्त्रिक बाम गठबन्धन भएकाले सोही अनुरुप यस पटक लोकतान्त्रिक गठबन्धनमा माहोल देखिएको बताए । ‘अधिल्लो निर्वाचनमा बाम गठबन्धन हुँदा काँग्रेस वा अन्य कुनै जित्छ भन्थे, ‘उनले भने, ‘उतिबेलामा गठबन्धनकै पक्षमा जित भयो, अहिले जसले जे भनेपनि अनेकन दुष्प्रचार गरेपनि लोकतान्त्रिक गठबन्धनकै पक्षमा जनमास देखियो ।’ लोकतान्त्रिक बाम गठबन्धनका दल, तिनका उम्मेदवार नेता कार्यकर्ता निरन्तर खटिएको बताउदै उनले जनताको चाहना पनि गठबन्धनकै पक्षमा रहेको बताए । गठबन्धनका उम्मेदवार अब्बल, विकासप्रेमी अभियन्ता भएकाले जनतामा भिजेका नेताहरु रहेको बताए ।
प्रतिक्रिया दिनुस