कञ्‍चनपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले पछिल्लो पाँच वर्षको अवधिमा बेथितिलाई मलजल गरेको आरोप लागेको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धनको बलमा निर्वाचन जितेका धामीले यहाँका जनताका लागि भन्दा पनि आफ्नो व्यक्तित स्वार्थका लागि सरकारी स्रोत र साधनको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ। कञ्‍चनपुर क्षेत्र नम्बर २ मा रिपोर्टिङका क्रममा नरबहादुर धामीबारे सोद्धा उनीमाथि थुप्रै आरोपहरु लगाइएका छन्। जनताले लगाएका आरोपहरुलाई हामीले यहाँ जस्ताको त्यस्तै राखेका छौं।

उनले आफ्नो परिवार र पार्टीको गुट निकटका व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने र त्यहाँबाट कमिसन असुल गर्ने गरेको देखि कुनै विद्यालयको वार्षिकोत्सवजस्ता कार्यक्रमहरुमा उनलाई बोलाउँदा टिकट माग्‍ने जस्ता गैरजिम्मेवार र अराजनीतिक गतिविधिमा उनी संलग्‍न भएको जनताको आरोप छ।

त्यसैगरी कमिसन आउने भएपछि एक ठाउँको विकास निर्माणको बजेटलाई अर्को ठाउँमा लैजाने गरेको आरोप पनि उनीमाथि कञ्‍चनपुर क्षेत्र नम्बर २ का मतदाताले लगाएका छन्। धामीमाथि मतदाताले गरेका प्रश्‍नहरु जस्ताको त्यस्तै स् ( वेदकोट नगरपालिका वडा नम्बर ४ बगुन(वैतडा कालोपत्रे सडक रेडबुकमा परेको बजेट आफ्नो लेटरप्याडमा लेखेर संशोधन गरी वेदकोटबाट कृष्णपुर लैजानुभयो ।

वेदकोटको चौधर नदीमा पक्की पुलमा लागि रेडबुकमा परेको बजेट तपाईंले दबाब दिएर शुक्लाफाँटा नगरपालिकामा किन लैजानुभयोरु तपाईंलाई आफू जन्मे(हुर्केको वेदकोटमा परेको बजेट अन्य नगरपालिकामा पठाउँदा हात काँपेन, अब वेदकोटबासीले तपाईंलाई किन भोट दिनेरु ( स्थानीय तह र राजनीतिक पार्टीसँग विकास योजनाका लागि कति समन्वय र सहकार्य गर्नुभयोरु तपाईंले विगत पाँच वर्षमा जितिसकेपछि कञ्‍चनपुर क्षेत्र नम्बर २ मा गरेका ठूला विकास योजनाहरु के(के हुन्रु ( विद्यालयको वार्षिकोत्सव तथा खेलकुद कार्यक्रममा तपाईंलाई बोलाउँदा प्लेनको भाडा विद्यालयसँग किन माग्‍नुहुन्छरु आर्थिक स्रोत नभएको विद्यालयमा आयोजना हुने सबै कार्यक्रममा उपस्थित अतिथिले यसरी रकम माग्दा के हुन्छरु ( सरुवा बढुवा गर्दा पनि आफ्नै पार्टीनिकटका कर्मचारीबाट किन पैसा असुल्नुहुन्छरु ( नेपाल सरकारका मुख्यसचिव, जिल्ला अदालतका न्यायाधीश, विमानिस्थलका कर्मचारी, नेपाल प्रहरीसँग किन अभद्र व्यवहार गर्नभयोरु ( के जनप्रतिनिधिले यस्तै गतिविधि गर्ने होरु तपाईंलाई मत दिएका जनताको र सेवामा खटिएकाहरुको आत्मसम्मानमा चोट पुर्‍याउनु राम्रो होरु ( सुकुम्बासी र आरक्षपीडितको जग्गाको समस्या समाधान गर्छु भनेर जनताबाट पैसा उठाएर काठमाडौं जानुभयो, अहिलेसम्म समस्या समाधान किन गर्नुभएनरु ( संसद् पूर्वाधार विकास बजेट आवश्यकता र औचित्यभन्दा पनि कमिसन आउने ठाउँमा मात्र दिनुभयो। २० देखि ६० प्रतिशतसम्म कमिसन आउने प्रतिबद्धता गरेपछि मात्रै बजेट दिने, खल्तीबाट उपभोक्ता समिति गठन गरी तपाईंको क्षेत्रमा पर्ने तीनवटै नगरपालिकामा बजेटको ठूलो मात्रा बेरुजु देखिएको छ, यसरी देखिएको बेरुजुलाई फर्छ्योट गर्नुपर्छ कि पर्दैन, बेरुजु आउने मुख्य कारण कमिसन होइन ररु ( वेदकोट(५ पोलखरीमा सडकमा पानीपिचका लागि ३० लाख बजेट हाल्नुभयो, उपभोक्ता समितिको अध्यक्षबाट सात लाख रुपैयाँ अग्रिम किन लिनुभयोरु ( वेदकोट नगरपालिका(५ वैतडा(घटालधामदेखि उत्तर वैतडा जाने सडक कालोपत्रेका लागि ३० लाख बजेट छुट्याएर आफ्नो भतिजा अमर धामीलाई उपभोक्ता समितिको अध्यक्ष बनाउनुभयो। उपभोक्ता समितिले काम गर्न नसकेपछि आफ्नो पार्टीकै नेतालाई ठेक्का दिएर ८ लाख कमिसन माग्‍नुभयो। अहिले उपभोक्ता समितिका अध्यक्षको नाममा बेरुजु छ।

उक्त बेरुजु कसले भुक्तानी गर्ने होरु ( शुक्लाफाँटा नगरपालिका (११ मा विद्यालयमा छण लाख बजेट हाल्नुभयो। २० लाखको मात्रै काम गर्नुभयो र ३० लाख रकले वडा नम्बर ११ मा ७ कट्ठा जग्गा किन्‍नुभयो। यसरी विकासका लागि आएको बजेटलाई व्यक्तिगत रुपमा लगानी किन गर्न मिल्छरु यो भ्रष्टाचार नभएर के होरु ( वेदकोट नगरपालिका(२ मा पर्ने वैजनाथ माध्यमिक विद्यालय जडेपानीमा भवन निर्माणका लागि ५० लाख बजेट दिनुभयो, विद्यालयको प्राधानाध्यापकलाई पनि जानकारी नगराएर उपभोक्ता समिति बनाउनुभयो र उपभोक्ता समितिका अध्यक्षबाट अग्रिम ५ लाख कमिसन लिनुभयो। यसरी कमिसन खान तपाईंलाई छुट होरु उक्त बजेटमा करिब २३ लाख बेरुजु देखिएको छ।

( वेदकोट नगरपालिका(१ हात्तीथलामा पानीपीचका लागि संसद् विकास पूर्वाधार कोषका लागि ३० लाख हाल्नुभयो। किर्ते उपभोक्ता समिति बनाएर ३० लाखको २० प्रतिशत असुल गर्नभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तपाईं र उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा परेको छ। तपाईंलाई किन जिताउनेरु ( वेदकोट नगरपालिका(१० सिद्धनाथ जाने सडकहरु पिच गर्दा उपभोक्ता समितिका अध्यक्षबाट कति प्रतिशत माग्‍नुभयोरु ( कृष्णपुर(०४मा पानीपिचका लागि २० लाख छुट्याउनुभएको थियो। उक्त पानीपिच नगरपालिकाले आफ्नो बजेटबाट गरेको ठाउँमा पिच गर्छु भन्दै ३ लाखको पिच गरेर बाँकी १७ लाख कता हाल्नुभयोरु कृष्णपुर(०२ मा पर्ने पानीपिचका लागि २० लाख छुट्याउनुभयो। उपभोक्ता समितिका अध्यक्षबाट १ लाख ५० हजार असुल गर्नुभयो। शुक्लाफाँटा(७ धर्मजनता माध्यमिक विद्यालयमा ५० लाख र २० लाख गरी ७० लाखको बजेटमा २० प्रतिशत तपाईं कमिसन लग्‍नुभयो। शुक्लाफाँटा(ढ सुन्दरपुर कालोपत्रे गरेको सडक उपभोक्ता समितिबाट ४० लाखको २० प्रतिशतका दरले नरबहादुर धामीले मागेको कुरा के होरु यसरी जनताको करबाट उठको रकम हिनामिना गर्नु भ्रष्टाचार होइन ?

प्रतिक्रिया दिनुस