भुवन भट्ट
महेन्द्रनगर २९ भदौ , सुदुर–पश्चिमाञ्चल विश्वविद्यालयको विभिन्न विभागमा विद्यार्थि भर्ना खुला भएसँगै आसेपासे राख्न शिक्षकहरुलाई दवाव दिने क्रम बढेको छ । विद्यार्थि नेता देखी शिक्षकहरुनै आफ्ना निकटका लाई भर्ना गराउन दवाव दिईरहेका भन्दै कापि जाचँ गर्ने शिक्षकले आपत्ती जनाएका हुन ।

व्यवस्थापन संकायका लेखाशास्त्रका शिक्षक मनिस ओझाले बिबिएको प्रवेश परीक्षामा उत्रिर्ण गराई दिन भन्दै दैनिक जसो दवाव आईरहेको बताए । विद्यार्थी नेता तथा शिक्षकहरु बाटनै अत्याधिक दवाव आईरहेको उनको भनाई थियो । शिक्षक ओझा प्रवेश परीक्षा कापि जाँच गर्ने शिक्षक समेत हुन्् । यद्धपि उनले कापि जाँचका क्रममा परीक्षार्थीको नाम भने उल्लेख नगरीएको हुने बताए । उनले निजी शिक्षण सँस्थामा जस्तो सु.प.मा जथाभावी विद्यार्थीहरुलाई प्रवेश पास नगराईने आँैल्याए ।
प्रिन्सीपल भुपेन्द्र बिष्टले आफ्ना लाई प्रवेश परीक्षामा उत्रिर्णका लागि आग्रह गर्ने प्रवृती गत–विगतका वर्ष देखिनै चल्दै आएको बताए । तर शिक्षा जस्तो गम्भीर विषयमा विद्यार्थीको क्षमता अनुशार पढ्न पाउनु पर्ने बताउदै उनले दवावमा राखिएको विद्यार्थीको क्षमता नपुगेमा भविष्यनै बर्वाद हुने बताए । आफ्ना राख्न आग्रह गर्ने लाई सम्झाई बुझाई पठाउने गरेका उनले बताए ।
उनले विषेश तह विज्ञान तथा प्रविधी सँकाय, ईन्जीनियरीङ्ग सँकाय, र व्यवस्थापन सँकायबाट प्रवेश परीक्षामा कोटा निर्धारण गरिएको जानकारी दिए । विज्ञान तथा प्रविधि सँकायमा ४०, ईन्जीनियरीङ्गमा ४८ र व्यवस्थापन सँकायको बिबिएमा ९० जनाको कोटा निर्धारण गरीएको जानकारी दिए । विज्ञान तथा प्रविधि सँकायको आवेदन दिने क्रम जारी रहेका बताउदै उनले अहिले सम्म दुई सय बढीले आवेदन दिएको बताए । त्यस्तै ईन्जीनियरीङ्ग सँकायमा १ सय २० बढीले आवेदन दिएको जानकारी दिए । त्यस्तै व्यवस्थापन सँकायको बिबिएमा ३ सय ९० जनाले प्रवेश परीक्षा दिएका बताउदै सम्भव तहः सोमबार सम्म नजिता प्रकाशन हुने बताए ।

प्रतिक्रिया दिनुस