महेन्द्रनगर २९ भदौ ,सुदूरपश्चिम विश्वविद्यालयको परिक्षा नियन्त्रकमा बिगत लामो समय देखि सिद्धनाथ बहुमुखी क्यम्पस हुदै विश्वविद्यालयमा शिक्षण गर्दै आएका सह प्राध्यापक देव सिंह नाथ नियुक्त भएका छन् ।आईतबार विश्वविद्यालयको कार्यकारी परिषद्ले सह–प्राध्यापक नाथलाई परिक्षा नियन्त्रकमा नियुक्त गरेको हो । विश्वविद्यालयका प्रशासन प्रमुख एंव्म प्रवक्ता गोविन्द बल्लभ पन्तले सह प्राध्यापक नाथलाई परिक्षा नियन्त्रण कार्यालय प्रमुखको जिम्मेवारी दिईएको बतायनुभयो ।

उनका अनुसार रजिष्ट्रारको सिफारिसमा विश्वविद्यालयको कार्यकारी परिषद्ले उनलाई परिक्षा नियन्त्रकको जिम्मेवारी दिईको हो ।त्यस्तै कार्यकारी परिषद्ले सह परिक्षा नियन्त्रकमा प्रेम सिंह भाटलाई पुनः नियुत्त गरेको छ । विश्वविद्यालयको कृर्षी तथा विज्ञान संकायको डीन समेत नियुत्त गरेको छ ।कृर्षी तथा विज्ञान संकायको डीनमा त्रिवि रामपुर क्याम्पस चितवनका प्राध्यापक डा.लाल प्रशाद अमगाईलाई जिम्मेवारी दिएको प्रशासन प्रमुख एंव्म प्रवक्ता गोविन्द बल्लभ पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुस