कञ्चनपुर ,नेपाल कम्युनिष्ट पार्टी नेकपाले कञ्चनपुरका स्थानीय तहको नेतृत्व टुङग्याएको छ । सत्ताधारी नेकपाले कञ्चनपुरका ९ वटै स्थानीय तहको नेतृत्व टुङगो लगाएको हो । नेकपा कञ्चनपुरका सचिव समेत नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ्गका अनुसार सहमतीय आधारमा कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहको नेतृत्व टुङ्गो लगाएको बताए ।
बेलडाँडी गाउँपालिकाको अध्यक्ष लक्ष्मण भाट, सचिव मोहन बडू, लालझाडी गाउँपालिकाको अध्यक्ष ओम प्रकास राना, सचिव निर्मल राना, बेलौरी नगरपालिका अध्यक्ष बाबुराम न्यौपाने, सचिव हर्क बहादुर भुल, पुनर्वास नगरपालिकाको अध्यक्ष पदम पुजारा, सचिव गङ्ग बहादुर तामाङ्ग, कृष्णपुर नगरपालिका अध्यक्ष शेर सिह रोकाया, सचिव जगदीश मल्ल, शुक्लाफाँटा नगरपालिका अध्यक्ष भक्तराज जोशी, सचिव देवदत्त भट्ट, बेदकोट नगरपालिका अध्यक्ष लाल बहादुर परिवार, सचिव चक्र्रदेव पाण्डेय, भीमदत्त नगरपालिकाको अध्यक्ष रमेश तिरुवा, सचिव ताराप्रशाद जोशी र महाकाली नगरपालिकाको अध्यक्ष किशोर लिम्बु र सचिव भीम कुमाललाई जिम्मेबारी दिईएको छ । नयाँ कार्य समितिले आ–आफ्नो स्थानीय तहमा रहेको वडाको समेत टुङ्गो लगाउने छ ।
नेकपाले स्थानीय तहका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिएर थप स्थानीय जनता र पार्टीप्रति जिम्मेबार बनाउने जनाएको छ । नेकपा स्थानीय तहको जिम्मेबारी पाएका नेताहरुले पनि पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुस