कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै छ । नेकपा एकीकृत समाजवादी ३(क)का नेता कार्यकर्ता पत्रकार एव संचार माध्यम धम्क्याउन थालेका छन । आचार संहितको विषयमा प्रशन गर्दा समाजवादी ३(क)का एक नेताले धम्क्याएको पत्रकार मदनराज जोशीले बताए ।

सम्बृद्धि पोष्टका सम्पादक मदनराज जोशीले आफुले निर्वाचन आचार संहिताबारे समाजवादीका नेता ईन्द्र सिह ठगुन्नासंग प्रतिकृया लिन खोज्दा उल्टै धम्क्याएको बताए । ‘मैले आचार संहिता उलङघनबारे प्रशन गरे, ‘पत्रकार जोशीले भने, ‘समाजवादीका नेता ठगुन्नाले तेरो घर कहाँ हो अहिले नै ठिक गरिदिन्छु भन्यो ।’

निर्वाचनका बेला पत्रकार जोशीमाथि समाजवादीका नेताले दिएको धम्कीदेखि दुव्र्यवहारको पत्रकार महासंघ सहितका संघ संगठनले भत्र्सना जोहर गरेको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार जोशीमाथि भएको दुव्र्यवहारको भत्र्सना जाहेर गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस यूनियन र प्रेस चौतारीले निर्वाचनका बेला समाचार संकलनमा हिडेका पत्रकारमाथि ज्यान मार्ने धम्कीदिने कार्य निन्दनिय भएको भन्दै भत्र्सना जाहेर गरेका छन । निर्वाचनमा होमिएका जिम्मेबार राजनीतिक दल नेकपा एकीकृत समाजवादीका नेताबाट भएको उक्त कार्यको भत्र्सना गरिएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, प्रेस सेन्टर नेपालका अध्यक्ष अरुण प्रशाद भट्ट, प्रेस यूनियनका सचिव मनोज भट्ट र प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पन्तद्वारा छुट्टाछुट्टै हस्ताक्षरित गरिएको विज्ञप्तीमा पत्रकार जोशीलाई धम्कीदिनेको खेद प्रकट गर्दै अब उपरान्त यस्ता घटना नदोहो¥याउन सचेत गराईएको छ ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका नेता ईन्द्र सिह ठगुन्नाले आफुले पत्रकार मदनराज जोशीमाथि कुनै ज्यान मार्ने धम्की नदिएको प्रकृतिया दिएका छन । ‘मैले कुनैपनि पत्रकार एव संचार माध्यममा धम्की दिने कुरै भएन्, आपसी कुराकानीमा चर्काचर्की भएको हो, त्यसलाई धम्की मान्ने कि नमान्ने, बाँकी सबै फोन चेक गर्दा हुन्छ ।’

आफुले कुनैपनि संचारकर्मी माध्यमलाई दवाव, प्रभाव धाक धम्की नदिएको बताउँदै उनले निर्वाचनका बेला मुद्दा नबर्नादिन समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस