बाजुराको ७ वटा मतदानस्थलको मतदान कार्य स्थगित छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका  अनुसार बुढीगंगा  नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलको मतदान रोकिएको छ ।

ती मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो । बुढीगंगा ८ मतदानस्थल अशान्त भएर मतदानस्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुस