भुवन भट्ट
महेन्द्रनगर भदौ ३१ , प्रस्तावित सिद्ध सामुदायीक वन ब्रमदेवबाट फेरी सालको काठ काटिएको छ । वन क्षेत्र अन्र्तगतको भीमदत्त नगरपालीका–९ टुडिखेलमा गत बिहिबार राति सालको काचों रुख काटिएको एक स्थानीयले बताए । बिहिबार राती तस्कहरुले काठ काटेर भारत बेच्नका लागि तयारी गरिएको अवस्थामा स्थानीयले देखेपछि तस्कर भने फरार छन् ।
काटिएको काठ वेवारीसे अवस्थामा सोहि क्षेत्रमा छोडिएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् । सव डिभिजन वन कार्यालय ब्रमदेवले उत्त क्षेत्रमा काटिएको काठको शुक्रबार बिहान जानकारीमा आएको बतायो । रेन्जर जिवन भण्डारीले ५०÷६० गोलाई, ३०÷६० को लम्बाईको सालको काठ उक्त सामुदायीक वनक्षेत्र बाट काटिएको बताए । तर समय अभाव तथा मौसमले साथ नदिएपछि काठ वन कार्यालयमा ल्याउन नसकेको उनले स्वीकारे । उत्त काठ तस्करीमा संलग्न ३ जनाको नाम सब जिभिजन वनकार्यालय ब्रमदेवलाई बताईएको एक स्थानीले नाम नबताउने सर्तमा बताए । तर रेन्जर भण्डारीले भने प्रतीसोध साध्न गोप्यमा नाम बतार्ईएको बताए । उनले समाजमा नाम नबताईएको जिकिर गरे ।

उक्त वनबाट काठ तस्करीका समाचार लगातार प्रकाशनमा आईरहदा तस्करीमा भने कमि आउन सकेको छैन् । सव डिभिजन वन कार्यालय ब्रमदेवले तस्कर माथी निगरानी नबढाएको भन्दै उक्त क्षेत्रमा काठ तस्करी बढ्दै गएको स्थानीयले हरी दत्त जोशीले बताए ।
उनले गत १४ गते ५५ क्युफिट बढी काठ काट्ने तस्करहरुमाथी कुनै छानविन नगरीएको भन्दै आपत्ती जनाए ।  । २  साता बितिसक्दा समेत तस्करमाथी कार्वाहि प्रक्रिया अगाडि नबढाईएको भन्दै उनले अनशनमा बस्ने तयारी थालेका छन् । काठ तस्कहरुको नाम प्रहरीलाई बताएपछि आफुमाथी ज्यानमार्ने धम्कि आईरहेको बताउदै उनले अबको केहि दिनमै जिल्ला प्रशासनको गेटमा अनशन बस्ने बताए ।

प्रतिक्रिया दिनुस