बैतडी भाद्र ३१, बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र डिलासैनी गाउँपालिका वडा नम्बर ७ मा रहने गरि सिफरिस भएपनि पछिल्लो समय स्थानीय जनपं्रतिनिधि र सत्तामा रहेका दलका नेताहरुको नितान्त व्यक्तिगत स्वार्थका लागि आफ्नो घरछेउ पायक पर्ने ठाउँमा केन्द्र सार्ने निर्णय गर्न उद्त देखिन्छन् । गाउँपालिका ९० प्रतिशत भूभागमा अझै सडक सुविधा छैन् । सोही अनुपातमा विद्युत उपभोग गर्न स्थानीयले पाएका छैनन् । भलै घर छेउ भएर बग्ने चमेलियाबाट चमेलिया जलविद्युत बगेको छ ।डिलासैनीका जनप्रतिनिधि तथा सत्तापक्षका नेताहरुको ध्यान त्यतातिर नभएर कस्तो गाडी चढ्ने रु, केन्द्र कुन नेताको घरमा बनाउने रु योजनाहरु कसरी कार्यकर्ता कहाँ पु¥याउने रु भन्ने होडबाजी नै चलेको छ ।

गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाको केन्द्र सरकारले ७ नम्बर वडामा हुनेगरि निर्णय गरेर ७ नम्बर वडाभित्र पायक पर्ने ठाउँमा राख्ने गरि निर्णय भएको भएपनि अहिले गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा, त्यसक्षेत्रका नेकपाका नेता सुरेन्द्र पाल लगायत समूहको खुरापातिमा गाउँपालिका केन्द्र अन्य ठाउँम सार्ने प्रपन्च भइरहेको अरोप स्थानीयले लगाएका छन् ।

स्मरण रहोस निर्वाचित भएपछि सुरेन्द्र पालको जोडबलमा गाउँपालिका अध्यक्ष बोहरा लगायतको समूहले पालकै घर नजिकबाट केन्द्र सञ्चालनमा ल्याएको छ ।छिल्लो गाउँपालिका बैठकले सोही ठाउँलाई केन्द्र बनाउने गरि निर्णय गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । पहिलो बैठकले गरेको निर्णय उल्ट्याउँदै उनीहरुले सत्ताको आडमा सम्पर्क कार्यालय भनेर कामकाज गरिरहेको स्थानमा स्थायी केन्द्र बनाउने गरि निर्णय गरेका हुन् ।

उक्त निर्णयको विरोद्धमा आन्दोलन गर्ने बताउँदै आइतबार डिलासैनी गाउँपालिका ४ र ७ का स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् । सत्ताको आडमा पालिकाबाट भएका भ्रष्टाचार र योजना बाँडफाँडका नाममा भएका रकम हिनामिनाको हिसाब किताब समेत खोजिने उनीहरुले बताएका छन् ।गाउँपालिकाले १ बर्षदेखि वडा नं ३ रुद्रेश्वरमा सम्पर्क कार्यालय राखेर काम गर्दै आएको छ । सुदुर समाचार अनलाईन बाट

प्रतिक्रिया दिनुस