कञ्चनपुर, भाद्र ३१, शुक्लाफाँटा नगरपालिकाले संविधान दिवसलाई तीन दिन सम्म मनाउने भएको छ । असोज २, ३ र ४ गते घर–घरमा दिपावली मनाएर संविधान दिवस मनाउने भएको नगरपालिकाले जनाएको । संविधान दिवसलाई भव्य रुपमा मनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले संविधान दिवस मुल समारोह समिति गठन गरेको छ । सोमबार शुक्लाफााटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरको अध्यक्षतामा नगरपालिकामा बसेको बैठकले नगर प्रमुख ऐरको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समिति गठन गरिएको छ ।

समितिमा शुक्लाफाँटा नगरपालिका रहेका राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नगरपालिका क्षेत्रमा रहेका सरकारी र गैर सरकारी संघ संस्था, सञ्चारकर्मी, शुरक्षाकर्मीलाई सदस्यका रुपमा राखिएको छ । संविधान दिवसका अवसरमा बृक्षारोपण, सरसफाई, अन्र्तक्रिया कार्यक्रम तथा घर–घरमा राष्ट्रिय झण्डा फहराउने र घर घरमा दिपावली गरी भव्य रुपमा मनाउन कार्यक्रम गरिने नगरपालिका स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुस