कञ्चनपुर असोज १ ,शुक्लाफाँटा नगरपालिका –१ बन्शाहमा भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहको आयोजना गरेको डेउडा प्रत्योगिता आज समापन गरिएको छ । बन्शाहमा रहेका समाजसेवी युवा हरुले अतिथि खेलाडी खेल हेर्न आएका सबै र्दशकलाई खिर खुवाएको छ । पाच दिन सम्म चलेको डेउडा प्रत्योगिताको आज प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सदस्य माननीय लाल बहादुर खड्का गर्नु भएको छ । डेउडा प्रत्योगितामा १३ जना डेउडिया हरु सहभागि रहेका थिए ।

प्रत्योगितामा प्रर्थम चन्द्र देव अवस्थी द्धितिय मंगल शाही तृतिय मञ्जु गिरी भएका छन ।प्रत्योगितामा प्रर्थम हुनेलाई नगद रु ८,००० द्धितिय लाई ५,००० तृतियलाई ३,००० र सम्पुर्ण सहभागि डेउडिय खेलाडीलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।डेउडा प्रत्योगितामा नर बहादुर महरा ,जनक पन्त, धनी दत्त अवस्थी , धन सिंह महरा लगायत चार जना निर्णायक मण्डल रहेका थिए । समापन कार्यक्रममा बोल्दै माननिय लाल बहादुर खड्काले सुदूरपश्चिमेली हरुको गहनाको रुपमा रहेको डेउडालाई संरक्षण र नया पुस्तामा हस्तातरण गर्नु पर्ने जोड दिए ।

समापन कार्यक्रमका सभावती धन सिंह महरा , बिशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका – १ का वडा अध्यक्ष हरिश बिष्ट अतिथि भगवती महिला सामुदायिक वन समुहका अध्यक्ष दुर्गा बिष्ट लगाएत बन्शाहमा रहेका संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेका थिए । समापन कार्यक्रमको सञ्चालन पुष्प राज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुस