केशव थापा

कञ्चनपुर । नेपाली काँग्रेससले कञ्चनपुरमा खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(ख) प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार बहादुर सिह थापा निर्वाचित भएका हुन ।

काँग्रेस महाधिवेशन प्रतिनिधी थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई १हजार ७सय २६ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन ।

थापाले १० हजार ६६८, रानाले ८ हजार ९४२ ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ९ उम्मेदवार चुनावी मैदानमा थिए । नेकपा एकीकृत समाजवादीका लाल बहादुर ४ हजार ४०४, हाम्रो नेपाली पाटीका जमान सिह कार्कीले ४सय ३२, नेपाल मजदुर किसान पाटीका सजित सिह रानाले १९५, राप्रपाका चक्र्रदेव जोशी १ हजार ८सय ३५ र नेपाली काँग्रेस बिपीका नारायण दत्त बोहराले ७९० र

पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिका जितेन्द्र चौधरीले १ हजार ८६८, लोकतान्त्रिक समाजवादी पाटीका लक्ष्मी देवी डगौराले १७१ ल्याएका छन । क्षेत्र २(क)मा ५० हजार ८८९ मतदाता मध्ये ३१ हजार १७१ मत खसेका थिए । क्षेत्र २बाट संघ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एनपी साउद अग्र स्थानमै रहेका छन ।

प्रतिक्रिया दिनुस