कञ्चनपुर । हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्ड अन्र्तरगत झाँडी सफाई शुरु गरिएको छ । महाकाली सिँचाई जल उपभोक्ता संघ समितिले हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्ड अन्र्तरगत झाँडी सफाई शुरु गरेको हो ।

महाकाली जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापाले बेलडाँडीदेखि दैजीसम्म नहर क्षेत्रमा रहेका झाँडी सफाई शुरु गरिएको बताए । ‘जेसिभी लगाएर जंगल क्षेत्रमा झाँडी सफाई शुरु गरेका छौँ, ‘अध्यक्ष थापाले भने, ‘हामीले संघमा जित्दा पहिलो बैठकबाट यो निर्णय गरेका थियौँ ।’

महाकाली सिचाई व्यवस्थापन कार्यालय, महाकाली जल उपभोक्ता संघ केन्द्रीय कार्य समिति, दोस्रो चरण सिँचाई समितिले संयोजनमा सफाई भईरहेको छ । महाकाली सिँचाई द्वितिय चरण जल उपभोक्ता संघका अध्यक्ष गोपाल कुँवरले उक्त सडकखण्ड अन्र्तरगा दायाँबाँया झाँडी भएकाले यात्रुलाई आवत जावत गर्नका लागि जगली जनावरबाट हुने आक्र्रमणबाट सुरक्षित हुने बताए । उक्त सडक खण्डमा झाँडी सफाई हुन थालेपछि यात्रुले समेत सुरक्षित हुने महसुस गरेका छन ।

प्रतिक्रिया दिनुस