कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र ३ बाट चुनाव जिते लगत्तै नेपाली काँग्रेसका नेता एव पुर्वमन्त्री रमेश लेखकलाई बेलडाँडीमा स्वागत सम्मान गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधी सभा सदस्यमा निर्वाचित लेखकलाई शुक्रबार बेलडाँडीमा एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

बेलडाँडीको चवन्नी बजारमा आयोजित कार्यक्रममा काँग्रेस बेलडाँडीका स्थानीय नेता कार्यकर्ताहरुले अबिर फुलमालाले स्वागत गर्दै सम्मान गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले नेपाली काँग्रेस बेलडाँडीकाले आयोजना गरेको कार्यक्रममा सम्मान स्वागत गरिएको बताए । सम्मान कार्यक्रममा भावि सरकारको नेतृत्वको कामना गर्दै क्षेत्र १को विकास निर्माणमा समेत चासो दिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुस