कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र २(क)बाट निर्वाचित प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल) मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा पुगेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका सरलले चुनाव अघि मतदातासंग चुनाव जितेपनि हारेपनि पछि जनतालाई धन्यवाद दिन र जनतासंग गरेका बाचा अनुरुप काम गर्ने प्रतिबद्धता जोहर गरेका थिए ।

जनतासंग चुनाव अघि बाचा गरे अनुरुप मतदाताका गुनासा, अपेक्षा एव सुझाव संकलनका साथै धन्यवाद कृतज्ञता प्रकट गरिरहेका छन । चुनाव जिते वा हारेपनि कुनैपनि नेता गाँउ नदेखिने गुनासो चिर्दै सरल जनतासंग भलाकुसारीमा छन । सरललाई विगतको जस्तै जनताले स्वागत एव सम्मान गरिरहेका छन ।

जनताले जितेपछि गाँउ गाँउ आएमा सरले आफुहरुलाई धन्यवाद दिएको भन्दै खुसी व्यक्त गरिरहेका छन । कतिपयले सरलको राजनीतिकलाई भविष्य हेरेका छन । सरलले जनताको अपेक्षा र नेता कार्यकर्तालाई सन्तुलित राख्न सके क्षेत्र २संघकै नेतृत्व हाक्नसक्ने बताईरहेका छन । सरलले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गरेर क्षेत्रका समस्या समाधान गर्दै सम्बृद्धि बनाउने प्रतिबद्धता दोहो¥याईरहेका छन ।

प्रतिक्रिया दिनुस