नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गरेको छ ।   क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गर्दै नेता कार्यकर्ता हरुको लगत अद्यावधिक बिवरण संकलन गर्ने कार्य शुरू गरिएको हो ।

कैलाली जिल्लामा मंसिर २५ आइवार देखि संगठन सुदृढीकरण अभियान उद्घाटन गर्दै नेता कार्यकर्ता हरुको लगत अद्यावधिक बिवरण संकलन तिब्रताका साथ अघाडी बढाएको नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सदस्य टंक कोइरालाले जानकारी दिनुभयो  ।

क्रान्तिकारी माओवादीको संगठन सुदृढीकरण अभियान उद्धघाटन नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज रूद्र कडेलले गरेका थिए । सुदुरपश्चिम प्रदेश सदस्य तथा कैलाली जिल्ला सेक्रेटरी बिन्ती राम चौधरीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन टंक कोइराला गरेका थिए । संगठन  सुदृढीकरण अभियान कार्यक्रममा क्रान्तिकारी माओवादीका कैलाली जिल्लाका नेता कार्यकर्ताको उपस्थिति रहेको क्रान्तिकारी नेता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस