कञ्चनपुरको भीमदत्त नगरपालिका १० को निर्माण भइरहेको वार्ड कार्यालय भवनको काम गुणस्तर हिन गरेको भेट्टिएको छ । Y R कन्ट्रक्सन निर्माण कम्पनिले भीमदत्त नगरपालिका १० को वार्ड भवन १ करोड ४७ लाखमा निर्णाणको ठेक्का पाएको हो ।
निर्माण कम्पनिका ठेकेदार सञ्चालक निरञ्जन भट्ट निर्माण व्यवसायीका अध्यक्ष समेत रहेका छन । स्थानियले निर्माण हुन लागेको वार्ड भवनको पहिलो तला चुहिने देखिएको हुँदा पटक पटक गुहार गर्दा समेत आलटाट गरेको तत्काल दोस्रो तला निर्माण गरेको स्थानिय गुनासो रहेको छ ।
सोमवार नेकपा बहुमत पार्टीका नेता सहित स्थानियको अनुगमन टोलिले भवनको अनुगमन गर्दा भवनको ढलान कमसल खालको हालेको भवन चुहिने गुणस्तर हिन काम गरेको भेट्टिएको नेता दिपेन्द्र ऐरीले जानकारी दिनुभयो । S R कन्ट्रक्सन निर्माण कम्पनिले चरम लापरवाहि गरेर राज्यको बजेट दुरूपयोग गर्न खोजेको स्थानियले आरोप लगाएका छन ।
निर्माण अवस्थामा रहेको भवन कमसल खालको बनाएको गुणस्तर हिन काम गरेको भन्ने बिषयमा निर्माण कम्पनिका ठेकेदार निरञ्जन भट्ट सम्पर्क गर्दा भट्टले आफुले गुणस्तर र मापदन्ड रहेर काम गरेको दावी गरेका छन । ठेकेदार भट्टले भवन निर्माण अवस्थामा रहेको बिल समेत बजेट अभावले भुक्तानी हुन बाकिँ रहेको बताए ।
केहि क्रान्तिकारी नेता भन्ने हरूले झुटा आरोप लगाएको यो बिषय निराधार रहेको बताए । सम्पादक धनन्जय अवस्थीले फोन सम्पर्क गर्दा कता हो भेटेर कुरा गरौँ मैले भवनको काम राम्रो गरेको कसैको भनेको भरमा केहि व्यक्ती जबर जस्ती हुदै नभएको बिबाद गर्न खोजेको छन निर्माण व्यवसायी मारमा छन भनेर चोखो बन्न खोजेका छन ।
यस्तो छ निर्माण हुन लागेको भवनको अवस्था दिपेन्द्र ऐेरीको फेसबुक बाट भिडियो साभार गरेका छौ ।
https://www.facebook.com/100036132713699/posts/pfbid0nLxHa9NjrMnquk7D2eVN4nX9L1bsjcekJdk4pbk61z4KjXWbEgQEnfnU4q8fPMf5l/?app=fbl