कञ्चनपुर ,पुष, ८ । शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाहमा रहेको सिद्ध बैजनाथ माध्यामिक विध्यालयको अभिभावक भेला सम्पन्न भएको‌‌ छ । शुक्रवार भएको अभिभावक भेलाबाट सिद्ध बैजनाथ माध्यामिक विध्यालयको  व्यवस्थापन समितिमा चयन गरिएको छ ।

भेलाबाट सर्वसम्मत रूपमा अध्यक्षमा लोक बहादुर ऐरी चयन भएका छन । त्यस्तै सदस्य जयसिंह धामी, शान्ति बिष्ट साउद, गौरी वि. क. मदनराज जोशी ,बेलु देवी पनेरु चयन भएका हुन ।अभिभावक भेलाबाट सर्वसम्मत रूपमा व्यवस्थापन समिति चयन भएको प्र.अ धन सिह महराले जानकारी दिनुभयो ।

सिद्ध बैजनाथ माध्यामिक विध्यालयको व्यवस्थापन अध्यक्षमा लोक बहादुर ऐरी चौथो पटक सर्वसम्मत चयन भएका छन ।

प्रतिक्रिया दिनुस