बैतडी, माघ १० । सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा लगायत पहाडी जिल्लामा हिमपात भएको शुरु भएको छ । सोमवार राति देखि हल्का बर्षा भए संगै बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भइरहेको छ ।
सोमवार रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो ।


वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदे बाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन ।

प्रतिक्रिया दिनुस