राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका छन ।मंगलबारदेखि राप्रपा निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका हुन ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष मनिस बहादुर पालले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किदै गएपछि दोहोरो शिक्षण हटाउने उदेश्यले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमै टेन्ट लगाएर असनसमा बसेका छन ।

उनले विश्वविद्यालयमा कार्यरत जो सरकारी कोषबाट तलब भत्ता खाने तर निजीमा लगानीदेखि समय दिने प्रवृतिले विश्वविद्यालय धरासायी बन्दै गएपछि दोहोरो शिक्षण अन्त्यका लागि रिले अनसन शुरु गरिएको बताए ।

दोहोरो शिक्षण अन्त्यसगै शिक्षक तथा कर्मचारीको भर्ना गर्नुपर्ने, विश्वविद्यालय विवित समस्या हटाउनुपर्ने, समयमै रिजल्ट प्रकासित गर्नुपर्ने, आंगिक क्याम्पसमा शिक्षक कर्मचारी दरबन्दी पदपूर्ति सहित विवित समस्या समाधान गर्नुपर्ने बताए । माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुस